विष्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर

१२ मंसिर, काठमाडौं ।

अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ ।

विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भीरफोर्नेलगायतका काममा उपयोग गरिन्छ ।

नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न सुरुआत गरेसँगै इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर हुने ढोका खुला भएको हो ।

सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्रमुख प्राविधिक उपरथी अजितवरसिंह थापाले सुनचरीमा थप नयाँ इमल्सन प्लान्ट स्थापना भएको र यसले उत्पादनसमेत सुरुआत गरेको जानकारी दिए । अब देशका लागि आवश्यक पर्ने विष्फोटन पदार्थ सोही प्लान्टले पूरा गर्ने विश्वास लिइएको छ ।

रु ५० करोडको लागतमा स्थापना भएको सो प्लान्टले दुई/चार सय मेट्रिक टन इमल्सन उत्पादन गरिसकेको नेपाली सेनाको मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले जानकारी दिए । गत आवमा सो नयाँ र पुरानो गरी प्लान्टबाट विभिन्न जलविद्युत, सडक आयोजनाका लागि आवश्यक विष्फोटन पदार्थसहित ७९ मेट्रिक टन बिक्री वितरण भएको कार्यक्रममा जानकारी दिइयो ।

चीन र भारतबाट आयात गरिने इमल्सनको प्रतिकेजी रु १९० भन्दा माथि पुग्दैन । तर सो प्लान्टमा उत्पादन भएको इमल्सनको प्रतिकेजी रु १९८ मा बिक्री वितरण गरिएको सेनाले जनाएको छ । उत्पादन लागतको ७७ प्रतिशत कच्चा पदार्थ आयातमा खर्च गर्नुपरेकाले उत्पादन लागत बढेको कार्यक्रममा प्रस्तुति गरिएको थियो ।

विसं २०६० मा स्थापना भएको पुरानो प्लान्टबाट हाल वार्षिक एक हजार २०० मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो । यो उत्पादन ‘सिङ्गलबेस प्रोपेलेन्ट प्लान्ट’ बाट मात्र हो । प्लान्टको उत्पादन क्षमतामा वृद्धि गर्न नयाँ ‘डबलबेस प्रोपेलेन्ट प्लान्ट’ स्थापना पूरा भएपछि विष्फोटन पदार्थको आवश्यकको माग पूरा भएको कार्यक्रममा जानकारी दिइयो ।

हाल नेपालमा पाँच हजार मेट्रिक टन विष्फोटन पदार्थ आवश्यक पर्ने एक अध्ययनले देखाएको छ ।

नेपाली सेनाका इञ्जिनीयरिङ विभागका प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहका अनुसार विष्फोटन पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । सेनाले आफूले जिम्मा लिएका कठिन सडक निर्माणमा चट्टान फोर्न विष्फोटन पदार्थको पनि सहायता लिँदै आएको छ ।

सेनाले हालसम्म २७ सडक निर्माणका आयोजनामार्फत एक हजार ६६ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश जोड्ने द्रुतमार्गसहित अन्य पाँच आयोजना गरी कूल ५३६ किलोमिटर सडक निर्माण तीव्रगतिमा अगाडि बढाइरहेको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माणका क्रममा यही प्लान्टबाट उत्पादन भएको विष्फोटन पदार्थको उपयोग गरिएको थियो । हाल यो आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको बताइन्छ । स्वदेशभित्र हाल २०० किलोमिटर टनेलिङ सडक निर्माण सम्पन्न भएका छन् । सोही मात्रामा नयाँ निर्माण भइराखेको टनेल इञ्जिनियर रामहरि शर्मा बताउँछन् ।

निजी क्षेत्रका निर्माण कम्पनीलाई इमल्सनको आवश्यकता र औचित्य पुष्टि भएपछि रक्षा, गृह मन्त्रालय तथा सेनाको स्वीकृति लिएर मात्र यहाँ उत्पादन भएका इमल्सन दिइने गरिन्छ । निगरानी गर्न सेनाका दक्ष प्राविधिक आफैं परिचालन हुने गर्दछन् । प्लान्टमा हाल ३० दक्ष प्राविधिक कार्यरत छन् । कार्यक्रममा बलाध्यक्षरथी गौरव तण्डुलले विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बनेको जानकारी दिए ।

कार्यक्रममा सहभागी जलविद्युत् व्यवसायी भीम घिमिरेले नेपाली सेनाले उत्पादन गरेको विष्फोटन पदार्थ महङ्गो तथा कम गुणस्तरसमेत भएको बताए । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष कुमार पाण्डेले नेपाली सेनाको विष्फोटन पदार्थ खरीद गर्न झन्झटिलो प्रक्रिया रहेको हुँदा सहजीकरण गर्न माग गरे ।

यसरी बन्छ इमल्सन

आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाइने गरिन्छ । प्राविधि सहायक रथी थापाका अनुसार इमल्सनको निर्माण गर्ने प्रक्रिया ‘वाटर मिक्स’ र ‘वोइल मिक्स’ गरी दुई तहमा हुने गर्दछ ।

पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ । दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुको समिश्रण हुन्छ, त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ । सेमी लिक्विडलाई प्याकेजिङ गरिन्छ । यो नै विष्फोटक पदार्थ हो । विश्वमा यही प्रविधिबाट विष्फोटन पदार्थको उत्पादन हुने गर्दछ । हाइड्रोलिकमा राखेर यसलाई प्याकिङ गर्ने गरिन्छ । एउटा बक्समा २५ किलो विष्फोटक पदार्थ राखिन्छ । त्यसमा १९० विष्फोटक पदार्थ हुन्छ । ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विष्फोटक पदार्थ विस्फोट हुने गर्दछ ।

हाल प्लान्टमा २५ एमएम र ३२ एमएमका गरी दुई किसिमको इमल्सन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । यसको क्षमताको आधारमा वर्गीकरण गरिएको बताइन्छ । इमल्सनका लागि आवश्यक कच्चा पदार्थ चीन तथा भारतबाट आयत हुने गर्दछ । विष्फोटन पदार्थ बिक्री वितरणमा सहजता ल्याउन सेनाले बजार व्यवस्थापन समितिसमेत खडा गरेको छ । नीति तथा योजना निर्देशनालयअन्तर्गत रहेको सो समितिले विष्फोटक पदार्थ प्राप्ति र वितरणमा सहजता ल्याउने कार्यक्रममा जानकारी दिइयो ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top