सार्कलाई सक्रिय बनाउन पहल गरिने

२१ फागुन ७४, मंगलबार

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुन: सक्रिय बनाउनुपर्ने बताएका छन् । नेपाल भ्रमणमा सोमबार आएका पाकिस्तानी समकक्षी साहिद खकान अब्बासीसँग भेटघाटका क्रममा उनले सदस्य मुलुकहरूबीच हार्दिकता कायम गर्नुपर्नेमा जोड दिए ।

ओली सार्कका वर्तमान अध्यक्षसमेत हुन् । सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा हुने तय गरिएको सार्क शिखर सम्मेलन भारत–पाकिस्तान मनमुटावका कारण रोकिएको थियो ।

कश्मीरको उरीमा भएको घटनालाई लिएर भारत पाकिस्तान जान नचाहेपछि बंगलादेश, भुटान, अफगानिस्तान र श्रीलंकाले भारतलाई साथ दिएका थिए । त्यसयता थप अवधि नेपालले नेतृत्व गर्दै आएको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आफ्नो कार्यकालमै सार्कलाई अघि बढाउन चाहेको र त्यसमा साथ दिन आग्रह गरेपछि ओलीले आफ्नो पनि चाहना सार्कलाई पूर्ववत् सक्रिय बनाउने रहेको बताएका हुन् ।

दुई प्रधानमन्त्रीको भेटघाटमा सहभागीका अनुसार १९ औं शिखर सम्मेलन जतिसक्दो छिटो गराउने विषयमा आफ्नो पनि पहल हुने ओलीले अब्बासीलाई आश्वासन दिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top