भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, संघ, प्रदेश र स्थानीय तह गरी ५२ पदका लागि मतदान हुने

१३ मंसिर, काठमाडौं । भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको व्यवस्थापकीय र सुरक्षासम्बन्धी सबै काम पूरा भइसकेको जनाएको हो । संघ, प्रदेश र स्थानीय तहको ५२ पदका लागि मंसिर १४ गते शनिबार (भोली) मतदान हुँदैछ ।

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र नं २ मा मतदान हुँदैछ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी तत्कालिन पर्यटनमन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त भएको कास्की २ मा उपनिर्वाचन हुन लागेको हो । भक्तपुर १ (क), बागलुङ २ (ख) र दाङको ३ (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका साथै वडा नम्बर ७ को वडाअध्यक्षको लागि पनि मतदान हुनेछ । धरानका २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा सुरक्षाकर्मी सहितका कर्मचारी पुगिसकेको सुनसरीका मूख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाएका छन् । मकालु गाउँपालिका, फाल्गुनन्द गाउँपालिका र पिपरा गाउँपालिकाको प्रमुखका लागि शनिबार नै मतदान हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि पनि चुनाव हुँदैछ ।

प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलको ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । आठ सयसम्म मतदातालाई एउटा मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ मतदाता छन् ।

प्रतिनिधिसभा निर्वाचन हुने कास्की–२ मा ११ राजनीतिक दलले चुनावमा भाग लिएका छन् । प्रदेशसभाको तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् ।

तीनवटै तहका गरी ३ सय ३३ उम्मेदवार प्रतिस्पर्धामा छन् । देशभरिका विभिन्न नगर र गाउँपालिकाका ४३ वडाध्यक्षका लागि शनिबार मतदान हुँदैछ । मतदानका लागि ५५ सय कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरु मतदान केन्द्र निर्माणमा व्यस्त छन् । उपनिर्वाचनको प्रचार प्रसार अवधि मंसिर ११ गते राति १२ बजेदेखि सकिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top