भरतपुर विमानस्थल १० दिनका लागि बन्द

१५ मंसिर ७६, सोमबार

१६ मंसिर, काठमाडौं । चितवनको भरतपुर विमानस्थल १० दिनका लागि बन्द भएको छ ।

विमानस्थलको धावनमार्ग र पार्किङ मर्मत तथा विस्तार गर्न लागिएकाले आइतबारदेखि १० दिन सम्म सबै उडान बन्द गरिएको विमानस्थलका सूचना अधिकारी केशव लम्सालले जानकारी दिए ।

उनले धावनमार्गमा पिच थप (ओभर ले) गर्न र विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तारको लागि सबै उडान बन्द गरिएको बताए ।

Advertisement

उनले २०६० साल देखि धावनमार्गमा कुनैपनि पिच नभएकाले सबैउडान बन्द गरी पिच गर्नुपरेको बताए ।

भरतपुर विमानस्थलबाट काठमाडाँै र पोखरा गरी दैनिक ११ वटा उडान तथा अवतरण हुदैँ आएको छ । विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top