×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

गढिमाई मेलामा विधिवतरुपमा बलि प्रथा शुरु

१८ मंसिर २०७६

१८ मंसिर, बारा । 

विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवतरुपमा बलि प्रथाको शुरुआत भएको छ ।

Advertisement
Advertisement

बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा शुरु भएको मन्दिरका एघारौँ पुस्ताका पुजारी मङ्गल चौधरीले बताए ।

पञ्चबलिका रूपमा बलि दिइने दुर्लभ मानिएका सेतो जङ्गली मुसा बलि दिइने दिन सो क्षेत्रमा सहजै उपलब्ध हुनु, मेलाको समयमा बत्ती स्वप्रज्वल हुनु, बलिको रगत र मासुमा झिँगा नबस्नु, बलिको मासु खाँदा कुनै किसिमको रोग नलाग्नु, मेलामा कसैलाई चोटपटक नलाग्नु यस मेलाको मुख्य विशेषता रहेका छन् ।

नेपालको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिएको गढिमाई मेला हरेक पाँच वर्षको अन्तरालमा लाग्ने गर्दछ । यस मेलामा गढिमाई भगवतीको स्थानलाई केन्द्रविन्दु मानेर चारैतिर सिमाना निर्धारण गरिएकाले भक्तजनले सिमानाभित्र जुनसुकै ठाउँमा बलि दिने परम्परा रहिआएको छ ।

इतिहास

सदरमुकाम कलैयादेखि करिब आठ किलोमिटरको दूरीमा रहेको गढिमाई भगवतीको स्थापनाबारे विभिन्न खाले किंवदन्ती रहेका छन् । करिब ८०० वर्षअघि अहिलेको गाउँमा भगवान् चौधरीले गढिमाईको स्थापना गरेका थिए । भनिन्छ, एक रात भगवान् चौधरीको घरमा चोरी हुँदा गाउँलेले चोरलाई समातेपछि जम्मा भएको भीडले कुटेर ती चोरलाई मार्छ । यसको पूर्ण दोष भगवान् चौधरीमाथि आउँछ ।

कर्तव्य ज्यानको मुद्दामा भगवान चौधरीलाई काठमाडौँ उपत्यकाको जेलमा हालिन्छ । सोझा र ईश्वरभक्त चौधरी जेल परे पनि उनको भगवान्प्रतिको आस्था र विश्वासमा कमी नआएको देखेर एक रात जेलमा भगवान चौधरीको सपनामा गढिमाई आएर भन्छिन्, “कुन पापीले तिमीलाई जेलमा ल्याएर थुनेको छ ?” त्यसपछि भगवान् चौधरीले ‘तपाईं को हो, मेरो अगाडि आएर दर्शन दिनुहोस्,’ भनेपछि गढिमाईले साक्षात दर्शन दिएर तिमी मलाई आफ्नो गाउँ लग भनेपछि भगवान चौधरीले गढिमाईको सर्त मानेछन् ।

त्यसपछि चौधरीले गढिमाई भगवतीको पाउको धुलो आफ्नो पगरी र निधारमा बाँधी तथा मन्दिरको त्रिशूल लिएर गढिमाई माताको आज्ञाबमोजिम त्यसै गरे । बाटोभरि भगवान् चौधरी र गढिमाई माताबीच भएको कुराकानीकै क्रममा गढिमाईले आफ्नो पूजामा बलिको व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष मेला लाग्नुपर्ने सर्त अघि सारेपछि भगवान चौधरीले प्रत्येक वर्ष मेला लगाउने प्रस्ताव अस्वीकार गरी प्रत्येक पाँच वर्षमा मेला लगाउने, दैनिक पूजाआजा गर्ने, पूजामा पञ्चबलिका रूपमा राँगा, बोका, जङ्गली मुसा, कुखुरा र सुँगुर दिइने प्रस्ताव राखेपछि गढिमाई भगवती सहमत भएकी थिइन् ।

पुजारी चौधरी र भगवतीबीच कुराकानी हँुदै पसहा नदीको बाटो गरी बरियारपुर गाउँ नजिक रहेको बरको रूखमुनि आएर बसेको र सोही स्थान आजको गढिमाईको स्थान भएको अर्का पुजारी शिव चौधरीले बताउनुभयो । त्यसै बेलादेखि सोही स्थानमा प्रत्येक पाँच वर्षमा गढिमाई पञ्चवर्षीय मेला लाग्दै आएका छन् ।

मङ्सिर महिनाको शुक्लपक्षको पञ्चमीदेखि अष्टमीसम्म गढिमाईमा लाग्ने पञ्चवर्षीय मेलामा विशेष पूजा गरिन्छ । भनिन्छ पञ्चमीका दिन खप्परको पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन ब्रह्मस्थानमा बलिस्वरुप पुजारीबाट पाँच थोपा रगत चढाइन्छ । रगत चढाएपछि सो ठाउँमा बत्ती प्रज्वलित हुन्छ । त्यसपछि गढिमाईको मन्दिरमा पञ्चबलिस्वरुप बोका, राँगा, जङ्गली मुसा, कुखुरा र सुँगुरको बलि दिएपछि बलि पूजाको प्रारम्भ हुने गर्दछ । बलि पूजा शुरु भएपछि सर्वप्रथम बनारसका डोमकहाँ रहेको राजा हरिश्चन्द्रका सन्तानले बनारसबाट ल्याएका राँगाको बलि दिने परम्परा रहेको किंवदन्ती रहेको छ ।

नेपाल र भारतको दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, पटना, मोतिहारी, दरभङ्गा, सीतामढी, बेतिया तथा सार्क राष्ट्र बङ्गलादेश, पाकिस्तानलगायत देशबाट ठूलो सङ्ख्यामा भक्तजन मेला अवलोकन गर्न आएको गढिमाई मन्दिर सञ्चालक तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए ।

Advertisement

मन्दिरका पुरोहित ताराकृष्ण पाण्डयले मन्त्र उच्चारण गरेको र मूल पुजारी मङ्गल चौधरी र तान्त्रिक दुखा धामीले मङ्गलबार विशेष पूजाअर्चना गरेपछि बलि दिने कार्य शुभारम्भ भएको थियो । सोही दिन करिब १४ हजार राँगाको बलि दिएको थियो । आज खसी, बोका, कुखुरा, हाँस, परेवाको बलि दिने कार्य प्रारम्भ भएको छ ।रासस

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top