भारतले गरेको नेपाली भूमि अतिक्रमणको विरोधमा बेलायतमा प्रदर्शन

१८ मंसिर, एजेन्सी । बेलायतमा रहेका नेपालीले लन्डनमा भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा प्रदर्शन गरेका छन् ।

गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको आह्वानमा लन्डनस्थित भारतीय हाई कमिसन अगाडि सोमबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

२ सय सहभागीले ‘ब्याक अफ इन्डिया’, ‘छिमेकीलाई सम्मान गर’, ‘नेपाली भूमि फिर्ता गर’, ‘असमान सन्धि खारेज गर’लगायत नारा लेखिएका ब्यानर, प्लेकार्डसहित नेपालको राष्ट्रिय झन्डा बोकेका थिए।

Advertisement

उनीहरूले लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपाली भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउनुपर्ने माग गरेका थिए ।

नेपाली भूमि संरक्षणका लागि नेपालमा उठिरहेको आवाजप्रति ऐक्यबद्धताका लागि प्रदर्शन गरिएको एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले बताइन् ।

Advertisement

यो प्रदर्शनमा अन्तर्रा्ष्ट्रिय जगत्को नजर परेकाले यसबाट भारतलाई गल्ती सच्याउन नैतिक दबाब बढ्ने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरिन् ।

एनआरएनए केन्द्रीय परिषद्ले सम्बन्धित मुलुकामा भारतीय दूतावास वा हाई कमिसनमा पुगेर विरोध प्रदर्शन गर्न निर्देशन दिएअनुसार विरोध कार्यक्रम आयोजना गरिएको एनआरएन यूकेका महासचिव फडिन्द्र भट्टराईले बताए ।

उनका अनुसार हाई कमिसनका अधिकारीले विरोधपत्र भने बुझ्न अस्वीकार गरेका छन् । विरोध प्रदर्शनमा सयौं माइलको यात्रा गर्दै लन्डनबाहिरका सहरहरूबाट आउनेहरूसमेत थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top