गण्डकी मेडिकल कलेजबाट परीक्षा बहिस्कार गरी निस्केका नौ जना विद्यार्थी पक्राउ

१९ मंसिर, कास्की । प्रहरीले गण्डकी मेडिकल कलेजबाट नौ जना विद्यार्थीलाई पक्राउ गरेको छ । एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिर निस्केका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले केही विद्यार्थी पक्राउ परेको बताए। कलेज परिसरमा केही हुलहुज्जत गर्ने विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी मेडिकल कलेजका विद्यार्थी केहीबेर परीक्षा हलमा गएर बाहिर निस्केका थिए । प्रहरीले पक्राउ परेका विद्यार्थीलाई नाक प्रहरी चौकीमा राखेको छ । विद्यार्थीले भने बिनाकारण आफूहरूलाई पक्राउ गरेको जनाएका छन् ।

चिकित्सा शिक्षाको एमबिबिएस पहिलो र दोस्रो वर्षमा मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ताको आन्दोलन जारी छ । सरकार र निजी मेडिकल कलेजले शुल्क समायोजन गर्ने भने पनि त्यसमा विद्यार्थीले सहमति जनाएका छैनन् ।

यही विषय परीक्षा बहिस्कारसम्म आइपुगेको हो । राजधानीबाहिरका पाँच वटा मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top