प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

१९ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत ओली बिहीबार दिउँसो डिस्चार्ज भएर बालुवाटारस्थित निवासतर्फ लागेका हुन् ।

Advertisement

यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए ।

मंसिर १० गते पेट दुख्ने समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको देखिएपछि शल्यक्रिया भएको थियो।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top