×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

प्रधानमन्त्री ओली डिस्चार्ज, १० दिनमा २ लाख ५५ हजार खर्च

१९ मंसिर २०७६

१९ मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्स सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार डिस्चार्ज भएका छन् । अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रम ओलीलाई चिकित्सकहरूले ’केही दिन आराम गर्ने सुझावसहित’ निवास फिर्ता पठाइएको जनाइएको छ ।

मंसिर १० गते पेट दुख्ने समस्या भएपछि अस्पताल पुगेका प्रधानमन्त्री ओलीकोे सोही दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई शल्यक्रियापछि आइसियुमा राखिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । बाह्र वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन् ।

Advertisement
Advertisement

मिर्गौलामा समस्या देखिएको बेलामै अपेन्डिसाइटिस र पेटको सङ्क्रमण भएपछि उनको शल्यक्रिया गरिएको थियो । मानिसको आमाशयमा आन्द्रानजिकै हुने अपेन्डिक्स भनिने तन्तुको सुजनलाई अपेन्डिसाइटिस भनिन्छ । सघन उपचार गर्ने क्रममै उनको हेमोडायालिसिस पनि गरिएको थियो । उनको फेरि मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको बताइन्छ। तर पेटको शल्यक्रिया गरिएकाले त्यसका लागि केही समय लाग्ने देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

Advertisement

प्रधानमन्त्रीका प्रेस सल्लाहका सूर्य थापाका अनुसार ओलीले केही दिन बालुवाटारमै आराम गर्नेछन् । डिस्चार्ज हुनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीले उनको स्वास्थ्य अवस्थाका बारेमा अस्पतालमै पुगेर जानकारी लिएकी थिईन् । प्र्रधानमन्त्रीको उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । प्रधानमन्त्रीलाई सामान्य नागरिकसरहकै शुल्क लिइएको श्रेष्ठको भनाई छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top