ट्रम्पविरुद्ध महाअभियोग लगाउन पर्याप्त प्रमाणहरु छन्ः सभामुख पेलोसी

१९ मंसिर ७६, शुक्रबार

२० मंसिर, एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउन पर्याप्त प्रमाणहरु रहेको अमेरिकी संसदको तल्लो सदनले बताएको छ ।

ट्रम्पविरुद्ध महाअभियोग लगाउनुको विकल्प नभएकोसमेत संसदकी सभामुख न्यान्सी पेलोसीले स्पष्ट पारेकी छन् । डेमोक्रयाट्सहरुले ट्रम्पले राजनीतिक स्वार्थका लागि आफ्ना प्रतिद्वन्द्वमाथि छानविन गर्न युक्रेनमाथि अनावश्यक दवाव दिएको आरोप लगाएका छन् ।

ट्रम्पले पदीय दुरुपगोग गरेर युक्रेनलाई दवाव दिएको प्रशस्त प्रमाण संकलन भएको दावीसमेत उनीहरुले गरेका छन् । क्यालिफोर्नियामा पत्रकार सम्मेलन गरेर सभामुख पेलोसीले ट्रम्पले राष्ट्रिय सुरक्षानीति विपरित युक्रेनमाथि दवाव दिएको पुष्टि भएको बताइन् ।

Advertisement

उनले राष्ट्रियता र आन्तरिक सुरक्षा कमजोर बनाउन राष्ट्रपति नै लागिपरेकाले महाअभियोग लगाएर पदमुक्त गर्नुपर्ने तर्कसमेत गरिन् । यो वर्षको अन्तिममा महाअभियोगमाथि संसदमा मतदान हुने बताइएको छ ।

ह्वाइट हाउसले भने डेमोक्र्याटहरुको कमदमप्रति कटाक्ष गर्दै ट्रम्पमाथि लगाइएको आरोप आधारहिन भएकाले पछुताउनुपर्ने प्रतिक्रिया दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top