×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बंगलादेशले नेपाललाई दियो १५६ रनको लक्ष्य , पारसको उत्कृष्ट बलिङ

२१ मंसिर २०७६

२१ मंसिर, काठमाडौँ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेटमा बंगालदेश यू२३ ले नेपाललाई १ सय ५६ रनको लक्ष्य दिएको छ । शनिवार विहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बंगलादेशले कप्तान नज्मुल हसन सान्टो र अफिफ हुसैनले अर्ध शतक प्रहार गरेपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५५ रन बनायो ।

बंगलादेशका कप्तान नज्मुल हसन सान्टो ६० बलमा समान ४ चौका र छक्का सहित ७५ रनमा अविजित रहे । त्यस्तै अफिफ हुसैन २८ बलमा ६ चौका र १ छक्का सहित ५२ रनमा बोल्ड आउट भए ।

Advertisement
Advertisement

अफिफलाई अन्तिम ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले बोल्ड आउट गरे । लगत्तै पाँचौ बलमा दीपेन्द्रले महीदुल इस्लाम अनोकनलाई पारस खड्काबाट शून्यमा क्याच आउट गराए । धरमराएको बंगलादेशको इनिङलाई पाँचौ विकेटका लागि अफिफ र नज्मुलले ९४ रनको साझेदारी गर्दै बलियो योगफल सम्म पुर्याए ।
दोस्रो ओभरको तेस्रो बलमा पारस खड्काले ओपनर मोहम्मद नइम शेखलाई ६ रनमा बोल्ड आउट गरेका थिए । अर्का ओपनर सौम्य सरकारलाई चौथो ओभरको तेस्रो बलमा पारसले करण केसीबाट ६ रनमा क्याच आउट गराए । पारसले लगतै पाँचौ बलमा सैफ हसनलाई शून्यमा बोल्ड गरे ।

खराब सुरुवात गरेको बंगलादेशलाई नज्मुल हसन सान्टो र यासिर अलीले चौथो विकेटको लागि ४३ रनको रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ११ औं ओभरको दोस्रो बलमा अभिनास बोहोराले याशिरलाई ज्ञानेन्द्र मल्लबाट १४ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए ।

Advertisement

पाँचौ विकेटका लागि अफिफ हुसैन र सान्टोले रनको साझेदारी गरेपछि बंगलादेश बलियो योगफलमा पुगेको हो । । नेपालका पारस खड्काले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । अभिनास बोहोराले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top