×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

बंगलादेशसँग पराजित भएसँगै नेपालको स्वर्ण सम्भावना सकियो

२१ मंसिर २०७६

२१ मंसिर, काठमाडौं ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल, बंगलादेश यू–२३ सँग ४४ रनले पराजित भएको छ । फाइनल पुग्न असफल नेपालको क्रिकेटमा स्वर्ण सम्भावना सकिएको छ । नेपालले अब काश्य पदकका लागि खेल्नेछ ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछछ्याएको नेपालले ९ विकेट गुमाएर १११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
पारस खड्का ९ र रोहितकुमार पौडेलले ८ रनमा आउट भए । ललित राजवंशी ५, विनोद भण्डारी र सुसन भारी ३र३ रन मा आउट हुँदा करण केसी १ रनमा पभेलियन फर्किएका थिए । पवन सर्राफ र आरिफ शेखले खाता नै खोल्न सकेनन् । बंगलादेशका लागि सुमोन खान, तानवीर इस्लाम, सौम्य सरकार र मेहेदी हसनले २–२ विकेट लिए ।

Advertisement
Advertisement

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसको सुरुवात भने खराब रहृयो । पारस खड्काले घातक बलिङ गर्दा उसले १६ रन बनाउँदा ३ विकेट गुमाएको थियो ।

तर कप्तान नजिमुल हसनले उत्कृष्ट पारी खेले । यासिर अलीसँग ४३ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि अफिफ हुसेनसँग ९४ रनको साझेदारी गरेका थिए । आक्रामक पारी खेलेका अफिफदले २८ बलमा ५२ रन जोडे । ६० बलको सामना गरेका हसन ७५ रनमा अविजित रहे ।

Advertisement
Advertisement

नेपालका लागि पूर्वकप्तान पारस खड्काले ३ विकेट लिए भने उपकप्तान दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । अभिनास बोहोराको नाममा एक विकेट रहृयो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top