डर

२१ मंसिर ७६, आइतबार
–अफजल हुसेन

आफ्नो डरलाई सम्झनुहोस् । अहिले सम्म हामीहरु धेरै डरायौँ । तर पनि हामीलाई थाहा छैन डर कतिप्रकारको हुन्छ भनेर भुतको डर, चोरको डर, हार्नुको डर, मर्नुको डर, श्रीमतीको डर यो पनि एउटा ठूलो डर हो । असफलताको डर, समाजले के भन्छ कि भन्ने डर, वास्तावमा डर नामको कुनै चिज हुदैन डर दिमागमा राखिन्छ ।

Advertisement

एक चोटि यदि कसैले कसैलाई नराम्रो गर्यो भने त्यो सच्याउन अथवा पूरानै अवस्थामा फर्किन १७ पटक क्षमा व्यक्त गर्नुपर्छ । तर दुर्भाग्य हाम्रो समाजमा अधिकतम गल्ती पत्ता लगाउने काम मात्र गरिन्छ तर कसैलाई क्षमा व्यक्त गरिदैन । उनीहरु अहिले पनि गल्ती निकाल्छन र तिमी अव जिन्दगीमा केहि गर्न लायक छैनौ भन्ने बनाउँछन् ।

मान्छेहरुबाट हुने गरेको यो नकारात्मक कुरा मनभित्र बस्छ अनि डर भन्ने तत्व मनभित्र भयावह भएर बस्छ र उ सोच्न थाल्छ के साँच्चै उ निकम्वा नै हो त? भनेर यो एक प्रकारको डर हो । हामीले यी सबै डरहरुलाई केलाउनु पर्छ । यी सबै डरको कारण मान्छेको सोच हो भने यो सोचलाई आफुबाट निकाल्ने प्रयास गर्नुपर्छ । यदि डरलाई नष्ट गर्ने हो भने आफुभित्रको विश्वास लाई बढाउनुपर्छ । जहाँ डर हुन्छ त्यहाँ विश्वास हुदैन अनि जहाँ विश्वास हुन्छ त्यहाँ डर हुदैन ।

Advertisement

प्रत्येक मानिसभित्र यी दुईवटै कुरा हुन्छन् तर विश्वासको मात्रा कम हुन्छ किन भने हाम्रो समाजमा विश्वास दिने मान्छे धेरै कम छन् विश्वासलाई कसरी बढाउने हो त्यसको लागि प्रयाप्त मात्रामा खाना दिनुपर्यो । विश्वासको बारेमा बढि सोच्न अनि डरलाई मार्न आफुभित्र एउटा दृढ सँकल्प लिनुपर्छ । जव सम्म हामीले डरलाई आफ्नो नोकर बनाउदैनौ डरले हामीलाई असर गरिरहन्छ ।

माथि देखाइएका सबै डरलाई जित्नु पर्छ । जस्तै यदि गरिबीको डर छ भने धनी बन्ने सँकल्प लिनुपर्छ । यदि आलोचनाको डर हो भने आफ्नो महत्व समाजमा बढाउनुपर्छ । यदि स्वास्थ्यको डर हो भने आफ्नो शरीरलाई बढि ध्यान दिनु पर्छ व्यायम अनि समयमा खाना खानुपर्छ । यदि कसैसँग आफ्नो माया गुमाउने डर छ भने अनकण्डिसनल लभ गर्ने प्रयास गर्नुपर्छ । मान्छेहरुलाई मद्धत गर्नुपर्छ ।

Advertisement

यदि उमेरको डर हो भने यो यस्तो डर हो भने यसको लागि पहिला देखिको कन्ट्रोल गर्नुपर्छ । यदि मर्नुको डर हो भने प्रत्येक दिन आफ्नो हिसावले जिन्दगी जिउनु पर्छ । मृत्युसँग डराउनुको साटो आफ्नो जिन्दगी राम्रो सँग बाँच्न सिक्नुपर्छ । यदि म पर्याप्त क्षमता नभएको मान्छे हु भन्ने डर छ भने नयाँ च्यालेन्ज स्वीकार गर्नुपर्छ । यदि यति गर्नु भयोभने आफ्नो नजरमा तपाईको महत्व बढ्छ अनि कण्डिसन न आँउछ ,। यदि तपाईलाई कुनै काम देखि डर लाग्छ भने त्यो काम सँधै गर्नु जबसम्म त्यो डरको कमजोरी तपाईको तागत बन्न पुगोस् ।

अन्तमा हामीले बुझनै पर्ने कुरा के भने डर नामको कुनै चिज हँुदैन । यो एउटा हाम्रो दिमागमा बनेको सँरचना मात्र हो त्यसले हामीमात्रै यससँग डराउने गर्दछौँ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top