‘लाल सिंह चड्ढा’मा आमिर खानको नयाँ अवतार

२३ मंसिर ७६, सोमबार
Share this
732shares

एजेन्सी, मंसिर २३
चलचित्र ‘लाल सिंह चड्ढा’ मा बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खानको नयाँ लुक्स सार्वजनिक भएको छ । टोपी, लामो दारी र कपालसहितको उनको यस स्वरूप निर्माणाधीन चलचित्र ‘लाल सिंह चड्ढा’मा देखिनेछ ।

Advertisement

केही साता अघि मात्र आमिरले फिल्म ’लाल सिंह चड्ढा’को सेटबाटै पहिलो लुक्स सेयर गरेका थिए । सार्वजनिक तस्बिरमा उनी फरक फरक लुक्समा देखिएका छन् । ‘लाल सिंह चड्ढा’ हलिउड चलचित्र ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो ।

यसमा जीवनमा सफलता पाउन दिमागी हालत ठिक हुनै पर्ने छैन भन्ने देखाइएको छ । ‘फरेस्ट गम्प’का प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखा पर्ने छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top