पाकिस्तानी खेलाडी नेपालमा सम्मानित

पाकिस्तानी खेलाडी नेपालमा सम्मानित

२३ मंसिर, काठमाडौँ ।
नेपाल स्थित पाकिस्तानी राजदूतावासले दक्षिण एशियाली खेलकुदमा सहभागि पाकिस्तानी खेलाडीहरुलाई सम्मान गरेको छ । राजदूतावासले काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा खेल्न आएका खेलाडीहरुलाई रात्रिभोज आयोजना गरी सम्मान गरेको हो ।

दुतावासले खेलाडीहरुले राम्रो प्रतिस्पर्धा गरिरहेको र थप उर्जा दिन सम्मान गरिएको बताएको छ । १३ औं सागमा पाकिस्तानले अहिले सम्म २९ स्वर्ण, ३४ रजत तथा ४७ काँस्य गरी कुल १ सय १० पदक प्राप्त गरेको छ । साग सकिन दुई दिन अघि राजदूतावासले आफुहरुलाई सम्मान गरेकाले थप उर्जा मिलेको खेलाडीहरुले बताएका छन् ।

नेपालका लागि पाकिस्तानी राजदूत मजहार जावेदले आफ्ना खेलाडीहरुले अपेक्षा अनुसार प्रदर्शन गरी पदक जितेको भन्दै प्रशंसा गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.