कृषि समितिमा परेका ३४ उजुरीमाथि छलफलमा आलटाल

२२ मंसिर ७६, सोमबार

२३ मंसिर, काठमाडौँ ।
कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दर्ता भएका कुनैपनि उजुरीमाथि अहिले सम्म छलफल नभएको सांसदहरुले बताएका छन् । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले ३४ वटा उजुरी दर्ता भएकोमा कुनैपनि उजुरीमाथि छलफल हुन नसकेको बताएका हुन् ।

समितिका सभापति पूर्णकुमारी सुवेदीले यसअघि सांसद महेस बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरी छलफल गर्न खोजिएपनि बैठक बस्न नसकेको बताइन् । त्यसैले अब नयाँ उपसमिति गठन गरी काम गर्नुपर्ने उनले बताइन् । त्यस्तै समितिले वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, भूमि, सहकारी तथा गरीवी निवारण मन्त्रालय तथा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका ऐन, नियमावली तथा समस्या र उजुरी सम्बन्धमा पनि छलफल अगाडी बढाउने भएको छ ।

समितिको आन्तरीक तयारी गर्ने सम्बन्धमा बसेको बैठकमा सांसदहरुले सिंचाईलाई प्राथमिकता दिएर छलफल अगाडी बढाउनुपर्ने बताए । त्यस्तै किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा सांसदहरुले जोड दिए । सांसद हरिबोल गजुरेलले विभिन्न सडक निर्माण गर्ने काममा भूमिको जथाभावि प्रयोग बढेकाले त्यसमा आवस्यक अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top