भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना अधुरै, भारतसँग २–० को हार

२३ मंसिर, पोखरा ।
भारतलाई हराएर १३औं सागमा स्वर्ण जित्ने नेपाली महिला फुटबल टोलीको सपना अधुरो भएको छ । आयोजक नेपाल, सोमबार भएको महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएसँगै स्वर्णको अवसरबाट बञ्चित भएको हो ।

Advertisement

घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो । तर पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो ।

उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि नेपाल खेलमा फर्कन सकेन र २–० हार व्यहो¥यो ।

Advertisement

सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीन वटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top