६० बर्षिय बृद्धको न्यूरो हस्पिटलले गर्याे उद्धार

२४ मंसिर ७६, बुधबार

२४ मंसिर, बिराटनगर ।
पैसाको अभावले उपचार गराउन नसकेर घरमै बसेर थलिएका बिराटनगर—५ शंकरबारीका श्यामलाल सतारलाई न्यूरो हस्पिटलले उद्दार गरेको छ । न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्टका छोरा रितिक विष्टले श्यामलालको घर पुगेरै उद्धार गरेका हुन् । पैसाको अभावमा उचित उपचार गराउन नसकेका बिरामी सतारको मस्तिष्क भित्र रक्त नली फुटेको थियो ।

उच्च रक्तचापका बिरामी रहेका सतार विगत ३ बर्ष देखि औषधि सेवन गर्दै आएका थिए,तर पछिल्लो एक महिना यता औषधि सेवन गर्न छाडेका सतारको आइतबार राति मस्तिष्कघात भएको थियो । बिरामी सतारकी श्रीमती सुशिला सतारले बिराटनगर कै केहि अस्पतालमा प्रारम्भिक उपचार गराए पनि पैसाको अभावले उपचार नगराएर घर फर्किएको बताइन् ।

Advertisement

दुई छाक टार्न नै धौधौ पर्ने सतार परिवारले उपचारका लागि पैसा जोहो गर्न नसक्दा ६० बर्षिय श्यामलालको अवस्था निकै पीडादायी थियो ।उनीहरुको समस्या थाहा पाउना साथ न्यूरो हस्पिटलका वरिष्ठ न्यूरोलोजिस्ट डा.बिरेन्द्रकुमार बिष्टका छोरा रितिकले उनले न्यूरो हस्पिटल ल्याई निःशुल्क उपचार सुरु गरेका हुन । श्यामलालको अहिले न्यूरो हस्पिटलको न्यूरो क्रिटिकल केयर युनिटमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top