×

NEPAL TIMES UPDATES

Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026

भारतमा पारित भएको नागरिकता विधेयकको चौतर्फी विरोध प्रदर्शन, अनिश्चतकालीन कर्फ्यु जारी

२६ मंसिर २०७६

२६ मंसिर, एजेन्सी । भारतीय संसदको दुबै सदनले नागरिकता संशोधन विधेयक पारित गरेपछि त्यसको विरोधमा नागरिकहरु आन्दोलनमा उत्रिएका छन् ।

नागरिक आन्दोलन हिंसा र आगजनीमा परिणत हुन थालेपछि कतिपय राज्यमा सरकारले कर्फ्यु नै लगाएको छ । पूर्वोत्तर भारतको आसाम राज्यमा दंगा नै फैलिएको छ । जसका कारण गुवाहाटीमा अनिश्चितसमयका लागि कफ्र्यू नै लगाइएको छ ।

Advertisement
Advertisement

प्रदर्शनकारीले रेल स्टेशनमै तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरु कर्फ्युको अवज्ञा गरेर आन्दोलनमा उत्रिएका छन् । त्रिपुरामा पनि प्रदर्शन थालिएको छ ।

स्थानीय प्रशासनले सेना परिचालन गर्नेसम्मको तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय अर्धसैनिक बल र राज्य सुरक्षा बल तैनाथ गरिएको छ । रेल स्टेशनहरुमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।

आसाममा दंगा भड्किएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आसामी जनताको भाषा, संस्कृति र आधिकार कसैले पनि खोस्न नसक्ने भन्दै शान्त रहन अपील गरेका छन् ।

लोक र राज्यसभा दुबैको बहुमतले नागरिकता विधेयक पारित गरेको हो । बुधबार राज्यसभाको १२६ सांसद पक्ष र १०५ सांसद विपक्षमा उभिएप्छि विधेयक पारित भएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो कानुनले वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य हुने दाबी गरिरहँदा प्रतिपक्षी कांग्रेसले भारतीय संविधानको मूल मर्ममै प्रहार गरेको आरोप लगाएको छ । प्रतिपक्षी कांग्रेसले मात्र नभई ६ सयभन्दा बढी भारतीय लेखक, कलाकार, सिनेकर्मीलगायतले विधेयकले भारतीय लोकतन्त्रको धज्जी उडाएको टिप्पणी पनि गरेका छन् ।

नयाँ नागरिकता कानुनले भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिक रुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका मुस्लिमबाहेकका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतीय नागरिकताका लागि बाटो खोलिदिएको छ ।

विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेर भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्था उल्लंघन गरेको बताएका छन् ।

नागरिकता विधेयक विनाशर्त फिर्ता गर्न प्रदर्शनकारीले माग गरेका छन् । उनीहरुले टायर बालेर सडक यातायात अवरुद्ध पारेका छन् । प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको जनाइएको छ । दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनमा साहित्य, कला र सँस्कृतिसँग जोडिएका मानिसको पनि समर्थन छ ।

लोकसभामा नागरिकता विधेयक पेश गर्नासाथ नर्थ इस्ट स्टुडेन्ट्स् अर्गनाइजेसन (नेसो) नामक संगठनले १० डिसेम्बरमा गरेको पूर्वोत्तर क्षेत्र बन्द आह्वानमा आसाम, त्रिपुरा, मेघालयसहितका स्थान ११ घण्टासम्म बन्द भएका थिए । बन्दलाई अल आसाम युनियन (आसु) र अल आसाम गोरखा स्टुडेन्ट्स् युनियन समेतका धेरै संगठनले समर्थन गरेका थिए ।

Advertisement
Advertisement

प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको पुत्लासमेत जलाएका छन् । गृहमन्त्री अमित शाहले भने धर्मको नाममा राजनीति गर्न खोजेको भन्दै विपक्षीको आलोचना गरेका छन् ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top