विराटनगर, फागुन २४
मुस्लिम समुदायमा महिलाहरुसंग गरिने विभेद अन्त्यगर्न शिक्षामा जोड दिनुपर्ने विराटनगरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।
नारी दिवसको सन्दर्भ पारेर कौमी एकता समाज नेपालद्वारा आज विराटनगरमा आयोजित महिलाहरुलाई हुने गरेका पारिवारिक,सामाजिक र धार्मिक सांस्कृतिक हिंसा सम्बन्धि एकदिवसिय अन्र्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समुदायभित्र शिक्षाको ज्योति छर्नसके सबैखाले विभेद र हिंसा अन्त्य हुने भएकाले छोरी शिक्षालाई जोड दिनुपर्ने बताए ।
उनले छोरीहरुलाई प्रोत्सानगर्न महानगरपालिकाले विभिन्न योजना ल्याएको जानकारी दिंदै हिंसा अन्त्य गर्न भएका कानुनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुकासाथै सामाजिक सशक्तिकरणमा जोड दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी मुस्लिम समुदायका महिलाहरुले क्रमिकरुपमा विभेद र हिंसा कम हुंदै गएपनि पुर्णरुपमा न्युनिकरण हुन नसकेको गुनासो गरेका थिए ।