बलुचिस्तानमा सडक दुर्घटना, १३ जनाको मृत्यु

२६ मंसिर ७६, शुक्रबार

२७ मंसिर, एजेन्सी ।
शुक्रबार पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा भएको सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

बलुचिस्तान प्रान्तको झोब जिल्लामा यात्रुबाहक भ्यान र बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार ती दुई सवारी साधन ठोक्किँदा आगलागी भएको थियो ।

सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । दुर्घटनाग्रस्त भ्यान बसमा कति व्यक्तिहरु यात्रा गरीरहेका थिए भन्ने बारेमा केही सूचना दिइएको छैन ।

Advertisement

तेह्र जनाको ज्यान गएको र अरु बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त भएको छैन । प्रहरीले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । (सिन्ह्वा)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top