विद्यालय जागिर खानेमात्र थलो होइनः शिक्षामन्त्री

२८ मंसिर ७६, शनिबार
Share this
711shares

२८ मंसिर, विराटनगर ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षकलाई पेशा परिवर्तन गर्न सुझाव दिएका छन् ।

Advertisement

सरकारी विद्यालय शिक्षकहरुको जागिर खानेमात्र थलो नभएको समेत उनले बताएका छन् । प्रेस संगठन मोरङले शनिबार विहान विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने, ‘सबै विद्यार्थीले क्वालिटीको एजुकेशन पाउनु पर्छ, त्यसको व्यवस्था सरकारले मिलाउँछ, तर शिक्षकले विद्यार्थीलाई क्वालिटीको एजुकेशन दिन सक्दैनन् भने उनीहरुले पेशा परिवर्तन गरे हुन्छ ।

विद्यालय जागिर खानेमात्र थलो होइन ।’ उनले शिक्षक सक्षम नभई गुणस्तरीय शिक्षा दिन नसक्ने निश्कर्षसहित सरकारले उनीहरुलाई सक्षम बनाउन कुनै पनि कसर बाँकी नराख्ने समेत बताए ।

Advertisement

शिक्षकलाई राज्यले सक्षम बनाउन लगानीमात्र गरेर नपुग्ने भन्दै मन्त्री पोखरेलले स्वय शिक्षकहरुले पनि आफूलाई अद्यावधिक गर्नुपर्ने समय आएको बताए ।

त्यसैगरी मन्त्री पोखरेलले प्रविधिक शिक्षामा जोड दिन सके मात्र समाज समृद्ध हुने बताए । उनले भने, ‘शिक्षालाई श्रम, प्रविधि र सिपसँग जोड्नु पर्छ । सिपलाई उत्पादनमा बदल्नुपर्छ । अनि मात्र समृद्ध समाज निर्माण हुन्छ ।’

Advertisement

उनले अहिलेको आवश्यकता अनुसार प्राविधिक धारको शिक्षालाई पहिलो प्राथमिकतामा सरकारले राखेको जानकारीसमेत दिए । उनले सार्वजनिक शिक्षालाई पहिलो बनाउने सरकारको योजनाअनुसार १० वर्षे गुरुयोजना अघि सारिएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top