दिनभरका प्रमुख खबरहरु

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(दुखद् खबर)
सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो / दुर्घटनामा परी १७ जना घाइते / गम्भीर घाईतेको काठमाडांैमा उपचार हुँदै / मृत्यु हुनेमा एक दर्जन बढीको सनाखत ।

२.(मेडिकल शुल्क समायोजन)
चितवन मेडिकल कलेजले सबै शंकायको शुल्क समायोजन गर्ने / विद्यार्थीलाई परीक्षामा सामेल हुन कलेजको आग्रह / समायोजित शुल्कका लागि एक साताभित्र सम्पर्क गर्न अनुरोध/  प्रशासनको सूचनालाई आन्दोलनरत विद्यार्थीहरुद्वारा षडयन्त्रको संज्ञा ।

३.(भविष्यको चिन्ता)
लोकसेवा आयोग र सरकारी संघ संस्थाहरुमा आफुहरुलाई अवसर दिनुपर्ने माग राख्दै विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुद्वारा प्रदर्शन / मागहरुमाथि बेवास्ता गरे सैह्य नहुने चेतावनी ।

४.(काम कुरो एका तिर कुम्लो….)
समायोजनमा परेका असन्तुष्ट अधिकृतहरुद्वारा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन / कर्मचारी समायोजनका गुनासा नटुंगिदै लोक सेवा आयोगले संघमा नयाँ अधिकृत भर्ना आह्वान गरेकोमा असन्तुष्टि ।

५.(रेल्वेको नयाँ सपना)
इनरुवा–काकडभिट्टा रेलवे लाइन र इटहरी– विराटनगर लिंक खण्डको निर्माण तथा सञ्चालनका लागि विस्तृत प्रतिवेदन तयार / सुनसरी मोरङ र झापा गरी तीन जिल्लामा पर्ने परियोजना सम्पन्न गर्न ९० अर्ब २ करोड ८२ लाख लाग्ने ।

६.(नेकपाका एजेन्डा)
एक वर्षपछि बसेको नेकपाको स्थायी कमिटी बैठकमा पाँचवटा एजेण्डासहित राजनीतिक प्रतिवेदन पेश / अतिक्रमण नेपाली भूमि नेपालले प्राप्त गर्नेगरि अगाडी बढ्ने लगायत प्रस्ताव पेश ।

७.(कांग्रेसमा कलह)
आइतबार केहीबेर बसेर स्थगित केन्द्रीय कार्यसमिति बैठक नेपाली कांग्रेसले सोमबार डाक्यो / बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूद्वारा १४ औं महाधिवेशनको कार्यतालिकाबारे एजेन्डा हुनुपर्ने अडान राखेर बैठक बहिष्कार ।

८.(खानेपानीको बखान)
खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको खानेपानी मन्त्री बिना मगरको भनाई / आयकर, भ्याट लगायतमा सहुलियत नदिदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो ।

९.(छानविन होस्)
चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको सांसदहरुको भनाई / नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परिक्षणका लागि नभएको विज्ञहरुको दाबी ।

१०.(दोष जति अरुलाई)
सम्पदा पूर्ननिर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको भनाई / पुरातत्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले काममा सुस्तता ।

११.(कृषकको बिचल्ली)
रौतहटको मध्यभाग गरुडास्थित श्रीराम सुगर मिल्स यस वर्ष सञ्चालनमा नआउने भएपछि उखु किसान मर्कामा / २५ वर्षदेखि सञ्चालनमा आएको मिलले किसानको साढे ३७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी ।

१२.(गाँजाको धन्दा)
अवैध लागूऔषध गाँजासहित पर्साबाट पाँच जना पक्राउ / शरीरमा गाँजाको प्याकेट बेरेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई ।

१३.(वायुसेवाको गन्तब्य)
नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने / भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास ।

१४.(पिपिएल भिड्न्त)
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा घरेलु टोली पोखरा पल्टनको विजयी सुरुवात / काठमाडौं गोल्डेन्स ९ विकेटले पराजित/ भोलि विराटनगरले धनगढीसँग खेल्दा दोस्रो खेलमा काठमाडौंले बुटवलको सामना गर्ने ।

र,
१५.(आसाममा कर्फ्यू)
भारतको उत्तरपूर्वी क्षेत्र आसाममा नागरिकता विधेयकको विरोधमा जारी प्रदर्शनमा झडप हुँदा ६ जनाको मृत्यु / प्रदर्शन रोक्न कर्फ्यूसहित सेना परिचालन गरिएपनि हजारौं मानिस कर्फ्यू उल्लंघन गर्दै सडकमा ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top