टेस्टी टेस्टी क्वीजको २४ औं संस्करण विराटनगरमा सुरु

२९ मंसिर ७६, सोमबार

३० मंसिर, विराटनगर ।
कुनै समयको नेतृत्वले थालनी गरेका कामहरुलाई आफु नेतृत्वमा आईसकेपछि पाखा लगाउने प्रवृत्ति नेपालमा बढ्दो छ । ती कामहरु पाखा लगाउन कहिले कसैसँग सहकार्य गरिन्छ अनि कहिले कसैसँग । निहीत स्वार्थका लागि कतिपय योजना र कार्यक्रमहरुको त अस्तित्व नै मेटाउने गरिन्छ । विरलै भेटिने निरन्तर सहकार्यका हुने कार्यक्रमहरुमध्ये एक हो टेस्टी टेस्टी क्वीज कन्टेस्ट ।

विगत २४ वर्षदेखि एकै आयोजक, एकै प्रायोजक र एकै स्थानमा कार्यक्रम सञ्चालन हुँदै आएको विराटनगर जुनियर जेसिजको २४ औँ टेस्टी टेस्टी क्वीज कन्टेस्ट सोमबारदेखि विराटनगरमा सुरु भएको छ । यसरी लामो समयदेखि एकै आयोजक, एकै प्रायोजक र एकै स्थानमा सञ्चालन हुने कार्यक्रममध्ये सम्भवत ः नेपालमा यो नै पहिलो कार्यक्रम भएको आयोजकको दावी छ ।

विराटनगर जुनियर जेसिज आयोजक, काबरा ग्रुप प्रायोजक, विराटनगर महानगरपालिका प्रवद्र्धक र विराटनगर जेसिज समर्थक रहेको क्वीज ५ दिनसम्म विराटनगरको विरेन्द्र सभागृहमा सञ्चालन हुनेछ । अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा प्रदेश २ को सर्लाहीसहित प्रदेश १ का विभिन्न जिल्लाहरुबाट ३६ विद्यालयहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले टेस्टी टेस्टी क्वीज कन्टेस्ट महत्वपूर्ण कार्यक्रम भएको भन्दै आगामी दिनमा पनि विराटनगर महानगरपालिकाले यस कार्यक्रमलाई अगाडी बढ्न सहयोग गर्ने बताए ।

त्यस्तै कार्यक्रमका संस्थापक तथा क्वीज मास्टर डा.सन्देशदास श्रेष्ठले अत्यन्तै सानो बजेटमा कार्यक्रम सुरु गरेको स्मरण गर्दै विभिन्न समयमा आरोह अवरोह आएपनि नथाकीकन निरन्तर अगाडी बढेको बताए । उनले यो कार्यक्रम आगामी दिनमा अझ भव्यताका साथ आयोजना गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा काबरा ग्रुपका सञ्चालक नवलकिशोर काबरा, पूर्वअध्यक्षहरु अभिनाश थापा, प्रितेश दाहाल लगायतले आफ्ना भनाईहरु राखेका थिए भने विराटनगर जुनियर जेसिजकी अध्यक्ष दीपा ओडारीले जुनियर जेसिजका तर्फबाट मेयर पराजुलीलाई मायाको चिनो प्रदान गरेकी थिइन् । टेस्टी टेस्टी क्वीज कन्टेस्टको विजेताले ट्रफी सहित नगद ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले १५ हजारसहित विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पहिलो क्वाटरफाईनलमा एभरेष्ट स्कुल, ग्रेडेड स्कुल, आदर्श स्कुल, मनकामना स्कुल, लिलिपुट स्कुल र सर्लाहीको पिस जोन स्कुलले प्रतिस्पर्धा गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top