पीपीएल : सुपर ओभरमा बुटवल विजयी

३० मंसिर ७६, मंगलबार

३० मंसिर, पोखरा ।
सुपर ओभरमा अभिनाश बोहोराले मात्र २ रन खर्चेपछि बुटवल ब्लास्टर्सले सुपर ओभरमा काठमाडौं गोल्डेन्सलाई पराजित गर्दै पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)मा विजयी सुरुवात गरेको छ ।

सुपर ओभरमा बुटवलले १२ रन जोड्दै प्रतिस्पर्धात्मक लक्ष्य दिएपछि जवाफमा अभिनाशले उत्कृष्ट बलिङ गरे । उनले गौरव तोमरलाई तेस्रो बलमा आउट गर्दै त्यसपछि लगातार तीन बल डट राखेका थिए । बुटवलका लागि म्यान अफ द म्याच हर्ष टंकले २ चौका प्रहार गरेका थिए ।

त्यसअघि १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बुटवलले अन्तिम बलमा विकेट गुमाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा पवन सर्राफले सुरुवाती ३ बल डट राखे । त्यसपछि वाइड फ्याँकेका उनले चौथो बलमा शिवम सिंहको छक्का खाए । पाँचौ बलमा १ रन लिएपनि अन्तिम बलमा विपिन खत्री स्टम्पिङ आउट भए ।

बुटवलले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन जोड्दा शिवमले २१ बलमा २ चौका र ३ छक्कासहित ३३ रन जोडे । टंकले २९ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनको योगदान दिएका थिए । काठमाडौंका लागि सुशन भारि र सुबोध भाटीले २(२ विकेट लिए ।

पहिलो इनिङमा काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन जोडेको थियो । पवन सर्राफले अन्त्यमा २१ बलमा नटआउट ३७ रन जोडेपछि काठमाडौंले बलियो योगफल खडा गर्यो । जयकिशन कोल्सावालाले २८ र आदील खानले २३ रनको योगदान दिए । बुटवलका नितेश थापाले २ विकेट लिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top