×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

नेपाली स्याट–१ ले लियो तीन मुलुकको तस्बिर

३० मंसिर २०७६

३० मंसिर, काठमाडौँ । 

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१ पहिलो पटक ती तस्वीर लिन सफल भएको हो ।

Advertisement
Advertisement

करिब एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘नाष्टमा जडान गरिएको रेडियो उपकरणमा समस्या भएका कारण हामी नेपाली स्याट–१ मार्फत नेपालमाथिको आकाशबाट भने ठ्याक्कै तस्वीर कैद गर्न सफल भएका छैनौं ।’ सो भूउपग्रह नेपाल आएर फर्केर जाँदा नाष्ट रेडियो उपकरण मिलान गर्न सफल भएन । नाष्टभित्रकै प्रविधिमा ससाना समस्या देखिएकाले सोको खरीद प्रक्रियामा नाष्ट अघि बढेको ढकालले बताए ।

नाष्टले आफ्ना प्राविधिक इञ्जिनीयरलाई ग्राउण्ड स्टेशनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ । नाष्टले भूउपग्रहबारे तीनदेखि चार दिनको तथ्याङ्क सङ्कलन गरेर अध्ययन गर्दा ती तस्वीर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गत वैशाख ४ गते नेपाली स्याट–१ नामक उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो ।

नेपाली स्याट–१ मा पाँच मेगा पिक्सलको क्यामेरा जडान गरेका कारण यसबाट अलि धमिलो तस्वीर कैद हुने बताइएको छ । गत साउन पहिलो साता नेपाली स्याट–१ ले पहिलो पटक सूर्य र पृथ्वीका साथै चीन र भारत सिमानाका तस्वीर खिंचेको कुरा जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि नाष्टले सार्वजनिक गरेको थियो ।

Advertisement

नेपाली स्याट–१ सँग दुईदेखि तीन वर्षसम्म तस्वीर सङ्कलन गर्ने क्षमता छ । जापानको ‘बर्ड–३’ परियोजनामार्फत मुलकले उक्त भूउपग्रहको काम अघि बढाएको थियो । नेपाली स्याट–१ सँगै गत वैशाख ४ गते श्रीलङ्काले रावण– १ र जापानले युवुसु नामक भूउपग्रह एकैसाथ प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो । सो भूउपग्रहले ९० मिनेटमा एक पटक पृथ्वीको परिक्रमा गर्छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने नाष्टले बताएको छ ।रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top