पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय

एजेन्सी, पुस १
पाकिस्तानमा पुर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाईएको छ। बीसीसी उर्दूका अनुसार लाहौर हाईकोर्टका मुख्य न्यायाधीशसहितको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो।

पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ। उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको डनले लेखेको छ। यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो।

द एक्सप्रेस ट्रिब्यूनका अनुसार तीनमध्ये दुई न्यायाधीश मृत्युदण्डको पक्षमा रहेका थिए। सो इजलासमा सेथ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए।

यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने द एक्सप्रेस ट्रिब्यूनले बताएको छ। मुशर्रफ सन् २०१६ मार्चदेखि यूएईको दुबईमा रहेको डनले लेखेको छ।

Scroll to Top