×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(महराको विपक्षमा फैसला)
उच्च अदालत पाटनद्धारा पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई नै सदर / बलात्कारको उद्योगको आरोपमा पक्राउ परेका महरा पुर्पक्षका लागि थुनामा नै रहने ।

Advertisement
Advertisement

२.(स्वास्थ्यमाथि खेलबाड)
इँटाभट्टा हटाउन माग गर्दैै कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बासिन्दाद्वारा चन्द्रागिरी नगरपालिकामा घेराउ र तालाबन्दी /नगरपालिकाले आफ्नै निर्णय कार्यान्वयन नगरेको तथा इँटाभट्टाका कारण स्वास्थ्यमा गम्भीर असर परेको गुनासो ।

३.(सडकमा लापरवाही)
दाङमा ट्याक्टरको ठक्करबाट एक छात्राको मृत्यु भए पछि विद्यार्थीहरुद्वारा सडक अवरुद्ध / हत्यारालाई कारवाहीको माग गर्दै विद्यार्थीहरू आन्दोलित / ट्रयाक्टर चालक प्रहरी नियन्त्रणमा ।

४.(उपसभामुखको भूमिका)
उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेकै अध्यक्षतामा प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक सुरु हुने / सभामुखकै हैसियतामा गरेको सूचना आयोगका पदाधिकारीको सिफारिसविरुद्ध सर्वोच्चमा रिट ।

५.(मिडियामाथि प्रश्न)
मिडिया आफ्नै कारणले अविश्वसनीय बन्न नहुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाई / मिडियामा फ्रिक्वेन्सीका विषयमा आएका खबरले मिडियाको विश्वसनीयतामाथि प्रश्न उब्जिएको दाबी ।

६.(सुरक्षा बढाउँदै)
सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सरकारले सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने मन्त्रिपरिषद्को निर्णय / सीमामा १ सय ७ वटा सशस्त्रको चेकपोष्ट रहेकोमा अब १ सय १४ वटा थप गर्ने।

७.(नेविसंघको नेतृत्व वहस)
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघको रिले अनसन जारी / नेविसंघमा ३२ वर्षे उमेरहद कायम गर्न माग / नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएपछि नौ महिनादेखि नेविसंघ नेतृत्वविहीन ।

८.(कर छलीको आरोप)
पेप्सी उत्पादक बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता / नक्कली भ्याट बिल प्रयोग गरी ६४ करोड रुपैयाँ राजस्व छलेको आरोप /नक्कली भ्याट बिलको आशंकामा ९ सय भन्दा बढी कम्पनीमाथि छानबिन ।

९.(विकास र बजेटका कुरा)
विकास निर्माणमा भौतिक प्रगति भएको तर बजेट निकासामा ढिलाई हुँदा वित्तिय प्रगति नदेखिएको विभिन्न मन्त्रालयका सचिवहरुको भनाई / संघीयता पछिको वित्तीय संक्रमणकालको नाममा बजेट खर्च न्यून हुने अवस्था आउन नदिन अर्थमन्त्रालयले कदम चाल्नुपर्ने सुझाव ।

१०.(पहाड फोड्ने योजना)
नदीजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठूला परियोजना निर्माण सम्भव नहुने भन्दै पहाड फोरेर गिट्टी बालुवा उत्खनन गर्नुपर्ने अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /सबै निकाय सडक निर्माणमा मात्रै केन्द्रित हुन नहुने उल्लेख ।

११.(सहकारीको क्षेत्राधिकार)
सहकारी बैंक सहकारी संस्थाहरुको संरक्षक भएको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई / सहकारीको असिमित क्षेत्र भएपनि कानुनी सीमा पनि रहेको कुरा स्मरण गर्न आग्रह ।

१२.(प्रतिभाको सम्मान गरौं)
कलाकारहरु राष्ट्रका धरोहर भएपनि राज्यबाट प्रर्याप्त लगानी हुन नसकेको उपराष्ट्रपति नन्दबहादुर पुनको भनाई / उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण ।

१३.(बहिर्गमितका लागि कानुन)
बहिर्गमित जनमुक्ति सेनाहरुको उचित व्यवस्थापनका लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकको भनाई/विशेष कानुन निर्माणको अवस्था अहिले नभएको र मेलमिलाप आयोग सम्बन्धि ऐनमा नै संशोधन गर्नुपर्ने आवश्यकतामा जोड ।

१४.(पीपीएल क्रिकेट)
पोखरा प्रिमियर लिग क्रिकेटमा बुटवल ब्लास्टर्स चितवन राइनोजसंग १ सय १९ रनले पराजित /तेस्रो खेलमा चितवनले एक्स्पर्ट धनगढीसँग शुक्रबार खेल्दा बुटवलले तेस्रो खेलमा शुक्रबारै पोखरा पल्टनसँग खेल्ने ।

Advertisement

र,
१५.(मेक्सिकोमा दुर्घटना)
मेक्सिकोमा भएको सडक दुर्घटनामा परी एकै परिवारका १४ जनाको मृत्यु / मृत्यु भएका मध्ये पाँच जना बालबालिका / दुर्घटनामा अन्य १२ जना घाइते / ट्रकसँग बस ठोक्किएपछिको आगलागीमा परी हताहती ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top