विद्युतीय चुलोको प्रयोगमा जोड

५ पुस ७६, शनिबार

५ पुस, काठमाडौं ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले नेपालमा विद्युत उत्पादनमा वृद्धि भएसँगै यसको खपत बढाउन र आयातित खाना पकाउने एलपी ग्यासको निर्भरतालाई घटाउन विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागले यहाँ आयोजना गरेको विद्युतीय चुलोको मापदण्डसम्बन्धी छलफल कार्यक्रममा उनले एलपिजीको आयातमा मुलुकले वर्षेनी अर्बौँ रुपैँया खर्चिनु परेको उल्लेख गर्दै विद्युतीय चुलोको प्रयोगबाट समृद्ध नेपाल सुखी नेपालीको अभियानमा टेवा पु¥याउन सकिने विश्वास व्यक्त गरे ।

उनले लाखौं इन्डक्सन चुलो किन्दा ठूलो धनराशि विदेशमा जाने भएकाले त्यसलाई रोक्न स्वदेशमै प्रविधिको विकास तथा प्रविधि परीक्षणको प्रयोगशाला निर्माणमा समेत लाग्नुपर्ने आवश्यकता औँल्याए ।

Advertisement

केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले विद्युतीय चुलोको मापदण्डलाई कार्यान्वयन गराउन केन्द्रले पहल गर्ने बताए ।

विद्युतीय चुलोको प्रयोगले विद्युत् खपत बढाउन, घरभित्रको प्रदूषण न्यून गर्न, वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यसलाई राष्ट्रिय अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिँदै सरकारको स्वच्छ नेपालको सपना साकार गर्न सकिने धारणा राखे ।

Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव दिलिपकुमार सडौलाले विद्युतीय चुलोको मापदण्ड कार्यान्वयनमा सहयोग पु¥याउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा व्यक्त गर्दै यसले मुलुकमा उत्पादित ऊर्जाको खपतमा टेवा पु¥याउने बताए ।

नेपाल गुणस्तर तथा नापतौल विभागको पहलमा पहिलोपटक विद्युतीय चुलोको गुणस्तर मापदण्ड तयार गरिएको छ । क्लिन कुकिङ्ग एलायन्सको आर्थिक सहयोग तथा नेपाल इनर्जी फाउण्डेसनले प्राविधिक सहयोगमा सो मापदण्ड तयार गरिएको हो ।

कार्यक्रममा नेपालमा विद्युतीय चुलोको मापदण्ड पुस्तकको पनि विमोचन गरिएको थियो ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top