नारायणीमा चल्यो साढे दुई तले क्रुजसिप

नारायणीमा चल्यो साढे दुई तले क्रुजसिप

७ पुस, चितवन ।
नारायणी नदीमा २ सय २० यात्रु क्षमताको दुई तले क्रुजसिपकोसफल परीक्षण भएको छ। भारतबाट प्राविधिक टोली ल्याई सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको पोर्ट वरपर परीक्षण गरिएको हो।

आइतबार बेलुका २५ जना यात्रुसहित सिपको सफल परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

अब सिपमा रङ हाल्ने, टेबुल, कुर्सी राख्ने, बार र ट्वाइलेट बनाउने काम बाँकी छ। क्रुज सिपको उद्घाटन राष्ट्रपतिबाट गर्ने तयारी रहेको उनले बताए।

अब क्रुजसिपको काम पनि अघि बढाउँदै बीचबीचमा परीक्षण पनि गर्दै लैजाने कम्पनीले जनाएको छ। गत चैतबाट निर्माण सुरू गरिएको क्रुजसिप गएको तिहारसम्ममा सञ्चालनमा ल्याउने कम्पनीले दाबी गरेको थियो।तर, प्राविधिक कामले केही ढिला भएको जनाईएको छ ।

१५ करोड लगानी गरेर बनाइएको क्रुजसिप साढे दुई तलेको हुनेछ। जसमा क्रुजका बीस जना कर्मचारीसहित २ सय २० यात्रु सयर गर्न मिल्नेछ।

क्रुजसिप ४० किलोमिटर प्रतिघन्टाले (२० नट) पानीको दिशा र पानीको विपरीत दिशामा चल्न सक्छ। क्रुजमा डबल इन्जिन हुनेछ। क्रुजसिप सय फिट लम्बाइ, २२ फिट चौडाइ र २५ फिट उचाइको रहनेछ। यसको तौल ६० टनको हुनेछ भने यसले ३ सयदेखि चार सय टन बोक्न सक्नेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.