चीनमा क्रिसमस मनाउन प्रतिबन्ध

एजेन्सी, पुस ८
चीनका चारवटा सहर र एक काउन्टीमा क्रिसमस मनाउन प्रतिबन्ध लागेको छ । समाचार संस्था एपीका अनुसार क्रिसमसको मुखैमा अधिकारीहरुले सर्वसाधारणलाई क्रिसमस नमनाउन र पसलेलाई क्रिसमस सम्बन्धि सामाग्री बिक्री वितरण नगर्न निर्देशन दिएका हुन् ।

Advertisement

दक्षिण पश्चिमी सहर नान्याङ र राजधानी बेइजिङ नजिकैको करिब ४० लाख जनसंख्या भएको सहर लाङफाङमा क्रिसमसका सामान बेच्ने पसलहरुबाट सामान हटाउन लगाइएको छ। लाङफाङमा क्रिसमसको तयारीमा गरिएका सजावट र गरिएको रंगरोगन समेत हटाउन लगाइएको ‘साउथ चाइना मर्निङ पोस्ट’ ले लेखेको छ।

हुनान प्रान्तमा केही अन्डरग्राउन्ड चर्च बन्द गरिएको र विश्वविद्यालयका विद्यार्थीलाई क्रिसमस नमाउने कोड अफ कन्डक्टमा हस्ताक्षर गर्न लगाइएको पनि समाचारमा जनाइएको छ। लाङफाङका अधिकारले जारी गरेको सुचनामा भनिएको छ–‘कुनै पनि मानिसलाई क्रिसमस ट्री, टोपी र लुगा तथा सान्टा क्लजका मूर्ति बेचिरहेको भेटिएमा कारबाही गरिनेछ। पसलहरुलाई क्रिसमसका नाममा कुनै पनि गतिविधि नगर्न, सजावट नगर्न र सामानमा छुट नदिन पनि निर्देशन दिइन्छ।’

Advertisement

युनान प्रान्तको कुन्मिङ, क्वान्चाउ तथा हिवेइ प्रान्तको फुपिङ काउन्टीमा पनि यस्तै खाले प्रतिबन्धहरु लगाइएका छन्।  संसारकै सबभन्दा धेरै जनसंख्या भएको चीनमा क्रिश्चियन धर्म मान्नेको संख्या खासै ठूलो छैन। धेरै एसियन मुलुकहरुमा जस्तै यहाँ पनि क्रिसमसको छुट्टी हुँदैन। तर, क्रिसमसको समयमा रमाइलो गर्ने, सांस्कृतिक पर्वका रुपमा यसलाई मनाउने युवाको संख्या ठूलो छ।

यसलाई राष्ट्रपति सी चीनफिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाइ अभियानको रुपमा हेरिएको छ। चीनको केन्द्र सरकारले भने क्रिसमस नमनाउनेबारे कुनै निर्देशन नदिएको समाचारहरुमा जनाइएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top