हिटलरले राजा त्रिभुवनलाई दिएको गाडी प्रदर्शनमा राखिने

१० पुस ७६, बिहीबार
Share this
793shares

१० पुस, काठमाडौँ ।
जर्मनीका तत्कालीन शासक हिटलरले नेपालका राजा त्रिभुवनलाई उपहार दिएको मर्सिडिज बेन्ज कार अब नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनीमा राखिने भएको छ।

Advertisement

यसको मर्मतसम्भार गर्न केही समय लाग्ने सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताएका छन्। संस्कृति मन्त्रालय मातहत रहेको उक्त सङ्ग्रहालय सञ्चालनका लागि हालै सरकारले दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै उक्त सङ्ग्रहालयको प्रदर्शनीमा हालसम्म प्रदर्शनीमा नराखिएका वस्तुहरु थप गरिन लागेका हुन्।

२०६५ साल फागुन १५ गते देखि नारायणहिटी दरबारलाई सङ्ग्रहालयका रूपमा सर्वसाधारका निम्ति पनि खुल्ला गरिएको थियो। उनले भने, ‘राजसंस्थाको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा प्रदर्शन गर्छौं। त्रिभुवनलाई हिटलरले उपहार दिएको गाडी, राजाका बग्गीहरू, राजाले प्रयोग गरेका सवारीसाधनहरू सबै प्रदर्शनीमा ल्याइने छन्।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top