कानून र कार्यविधि स्पस्ट नभए विकास असम्भवः प्रधानन्यायाधीश

११ पुस ७६, शनिबार

११ पुस, काठमाडौँ ।
प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले कानून र कार्यविधि स्पस्ट नभए विकास सम्भव नभएको बताएका छन् । नेपाल बार एशोसिएशनले आयोजना गरेको ‘कानून र विकास सम्मेलन’ लाई शुक्रबार सम्बोधन गर्दै प्रधान न्यायाधीश जबराले कानूनले विकासको लागि उपयुक्त वातावरण निर्माण र सहजिकरण गर्ने भएकाले कानून र कार्यविधि स्पस्ट हुनुपर्ने बताएका हुन् । उनले कानून र विकासको उचित सम्बन्ध र सन्तुलन स्थापित गर्न सरकारका सबै निकायहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । उनले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहले विकास र आर्थिक समृद्धिका लागि आवस्यक नीतिगत तथा कानूनी संरचना र कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले कानून कुनैपनि मुलुकको राजनीतिक, आर्थिक सामाजिक विकासको आधार भएको बताए । उनले परम्परागत रुपमा कानूनलाई विकास र समृद्धिको आधारको रुपमा लिएपनि पछिल्लो समय विकास र समृद्धिको आधारको रुपमा लिइने गरेको बताए । नेपालको संविधानले पनि विकासकालाई संस्थागत प्रवन्ध गरेकाले सबै तहका सरकारहरुले स्रोत साधानको अधिकतम उपयोग गरी विकासका कार्यहरुलाई अगाडी बढाउनुपर्नेमा जोड दिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून, विकास, न्यायालय र राजनीति सँगसँगै जान नसके विकास सम्भव नभएको बताए । उनले राजनीतिकर्मीहरुले आफ्नो अनुकुलको विकास मात्र गर्न खोजे सम्भव नभएको बताए। सम्मेलनमा विकास र कानूनबीचको अन्तरसम्बन्धको खोजि गरिने बताइएको छ । सम्मेलन शनिबार सम्म चल्ने छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top