सरकारलाई असफल बनाउने प्रयास भयोः प्रधानमन्त्री

१२ पुस, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउनु देश विदेशबाट संगठित प्रयास भइराहेकोे बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बलियो बहुमतलाई पराजित बाउनु देश विदेशका शक्तिहरु लागेको बताउँदै सरकार स्थायित्वका लागि लागेको स्पस्ट पारे । उनले साधान स्रोत सम्पन्नहरुले सञ्चार क्षेत्रमा लगानी गरी सरकारलाई हमला गर्न सकृय रहेको बताए ।

उनले पछिल्लो घटनाक्रमहरुलाई उल्लेख गर्दै गोकर्ण रिसोर्ट यति समूहलाई लिजमा दिने निर्णयको बचाउ समेत गरे । उनले पार्टीभित्रै सरकारलाई बदनाम गराउन प्रयास भइराखेको समेत बताए । उनले सरकारले गरेका कामहरुमा भ्रम सिर्जना गर्ने र विकास निर्माणका कुनै काम गर्न नदिने प्रवृति बढेको बताए । उनले पार्टी भित्रैपनि कविता बाचन गरी विरोध मात्र गर्ने तर सरकारले गरेका राम्रा कामहरुमा केही बोल्न नसक्नेहरु सकृय रहेको बताए । सरकारले असाधारण हिसाबले नयाँ नयाँ योजनाहरु ल्याएकोले विरोधीहरु सकृय रहेको बताए ।

उनले राजनीतिकरुपमा थुप्रै उपलब्धीहरु प्राप्त गरेको अवस्थामा अझैपनि सफलतालाई पराजित बनाउनु खतरनाक प्रयासहरु भइराखेको बताए । उनले यस्ता खतरनाक प्रयासहरुलाई पराजित गरी राष्ट्रिय एकता सामाजिक सद्भावमा आधारीत राष्ट्रिय एकताको भावले जित्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अव राजनीतिक स्थायित्व आएको अवस्थामा विकास निर्माणका गतिवधिले तिब्रता पाएको बताए । उनले फलाम खानी निकाल्ने, तेलको लागि सर्भे गर्ने लगायतका कामहरु भइराखेको बताए । त्यस्तै सिमेन्ट तथा फालाम निर्यात गर्ने, कृषिमा आधुनिकिकरण गर्ने र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गर्ने दिशामा सरकार लागेको स्पस्ट पारे ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top