भारत फेरि भन्यो–‘कालापानी हाम्रो हो’

एजेन्सी, पुस १७
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि समेटेपछि नेपाल सरकारले द्धिपक्षीय वार्ताको पहल गरिरहेका बेला भारतले कालापानी क्षेत्र भारतको सार्वभौम क्षेत्र भएको बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले भारतको मानचित्रले नै कालाकापानी क्षेत्र भारतको सार्वभौम क्षेत्र भएको स्पष्ट दर्शाउँने बताएका हुन्।

बिहीबार साप्ताहिक मिडिया ब्रिफिङका क्रममा उनले सीमाका सम्बन्धमा भारतीय पक्ष स्पष्ट रहेको बताउँदै नयाँ नक्सामा नेपालसँग जोडिएको सीमामा कुनै फेरबदल नगरेको बताएका छन् । यद्यपी उनले सीमा समस्याबारेका गुनासा भारतीय नीति अनुसार वार्ताद्वारा समाधान गर्न भारत तयार रहेको बताएका छन्। रविस कुमारले यसअघि पनि पटक पटक भारतले नयाँ नक्सामा नेपालसँगको सिमानामा कुनै हेरफेर नगरेको दाबी गर्दै आएका थिए ।

नेपाल र भारतका प्रधानमन्त्रीबीच अग्रेजी नयाँ वर्षमा भएको टेलिफोन वार्तामा सीमा विवादका विषयमा छलफल भएको बारे उनले अनभिज्ञता व्यक्त गरेका छन । नेपालले वार्ताद्वारा नै कालापानी क्षेत्रको समस्या समाधान गर्ने दाबी गर्दै आइरहे पनि भारतको अभिव्यक्तिमा कुनै प्रतिक्रिया जनाउने गरेको छैन । नेपालले कुटनीतिक पहल भईरहेको छ भन्ने अनि भारतले बारम्बार पूरानै कुरा दोहोर्याउदा सीमा विवाद कसरी अनि कहिले समाधान हुन्छ भन्ने पेचिलो प्रश्न उब्जिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top