देउवाको कार्यशैलीका कारण पार्टी कमजोर बन्योः सुजाता कोइराला

१७ पुस ७६, शुक्रबार

१८ पुस, बुटवल ।
कांग्रेसमा विवाद कायम रहे अर्को चुनावमा पार्टीको जित शून्यमा झर्ने नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बताएकी छिन् ।

बुटवलमा नेपाल प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीभित्र भइरहेको विवादले पार्टीको लोकप्रियता गुम्दै गएको बताइन् । ‘पार्टीको विवाद र झगडा देखेर त मलाई पनि अर्को चुनावमा भोट हाल्दा मेरो हात काँप्छ जस्तो लाग्न थालिसक्यो’, उनले भनिन् ।

उनले पार्टीको विवादप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन् ‘म पार्टीमा यति समय लागेँ, त्यत्रो मानेको नेता गिरिजाप्रसाद कोइरालाको छोरी, मलाई नै कांग्रेसको शैलीप्रति चित्त बुझेको छैन, जनतालाई कसरी चित्त बुझ्छ होला ?’

Advertisement

उनले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी कमजोर बनिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

‘सभापतिले आफूलाई मात्रै हेर्ने हो कि पूरा पार्टी र जनताको फाइदा हेर्नुपर्यो नि, सधैँभरि आफ्नै फाइदा हेरेर पार्टी बन्दैन, उनले भनिन् ‘यसरी हुँदैन, पार्टी बनाउने हो भने सबैलाई मिलाएर अघि बढ्नुपर्छ ।’

Advertisement

उनले पार्टीमा भइरहेको विवादका कारण आफू निष्क्रिय हुँदै गएको बताइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top