दाजुको कुटाईबाट इलाममा भाइ मारिए

२० पुस ७६, सोमबार

२१ पुस, ईलाम ।
इलाममा दाजुभाईबीच भएको झगडामा दाजुको कुटाईबाट भाईको मृत्युभएको छ । सुर्याेदय नगरपालिका–१२ आठघरेमा दाजु भाइबीच झगडा तथा कुटपिट हुँदा भाइको मृत्यु भएको हो ।

आइतवार राती स्थानीय ४६ बर्षीय हर्कबहादुर रसाईली र ४८ बर्षीय रामबहादुर रसाईलीबीच मादक पदार्थ सेवन गरी झै–झगडा भई दाजुले भाईलाई कुटपिट गर्दा ४६ बर्षीय हर्कबहादुर रसाईलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

कुटपिटबाट भाइको मृत्यु भएपछि दाजु भने फरार रहेका छन । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top