×

NEPAL TIMES UPDATES

Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026
Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कूटनीतिक ? || Nepal Times
May 20, 2026

साजिदले जस्तै अनुपमा र शिक्षाले विराटनगरको नाम राख्लान त ?

३० फाल्गुन २०७४

विराटनगर, फागुन २९
सन् २०१७ मा सम्पन्न म्यान हन्ट इन्टरनेशनलमा विराटनगरलगायत पूर्व क्षेत्रकै नेतृत्व गरेर सेकेन्ड रनर अप विराटनगरका साजिद आलम भए । धेरै प्रतियोगिहरुलाई पछि पार्दै उनी म्यान हन्टको सेकेण्ड रनरअप भएर विराटनगरको नाम राख्न सफल भए ।

यस्तै दौडमा अहिले विराटनगरकी दुइ युवती पनि रहेका छन् । विराटनगरकि अनुपमा बाँस्तोला र शिक्षा संग्रौला यतिबेला मिस नेपाल बन्ने दौडमा छन् ।

Advertisement
Advertisement

हिडेन ट्रेजररले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा सहभागि भएर विराटनगरबाट दुई जना प्रतियोगी अनुपमा बास्तोला र शिक्षा संग्रौला मिस नेपालको अन्तिम २५ मा पर्न सफल भएका छन् । यतिबेला मिस नेपालको भोटिंङ जारी छ ।

प्रतियोगितामा कस्ले बाजिमार्ला भन्ने सर्वत्र चासो छ । प्रतियोगिताका लागि उनीहरुले निकै मेहनेत गरिरहेका छन् । यदि २ जना मध्ये कसैले पनि कुनै उपाधी जित्न सके विराटनगरको थप चर्चा चुलिने छ ।

अनुपमा बास्तोलाको परिचय यस्तो छ
विराटनगरमा विभिन्न संघ संस्थामा आवद्ध भएर सामाजिक अभियान्ताको छवि बनाएकी बाँस्तोला लामो समयदेखि विभिन्न कार्यक्रमको नेतृत्व गर्दै आएकी छन् ।

सञ्चारमाध्यममा थोरै समय काम गरेकी २१ वर्षीया बाँस्तोलाले आम सञ्चार विषयबाट स्नातक उतिर्ण छिन् । सन् २०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधि जित्न सफल भई सकेकी छन् ।

निरन्तर मोडलिङ पेशामा सक्रिय बाँस्तोला देशविदेशका गरि दर्जनबढी फेशन शोमा सहभागि भएकी छन् । १०१७ मा लियो क्लव अफ विराटनगर इनोभेटिभको अध्यक्ष बनेकी बाँस्तोला मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकी छन् ।

शिक्षा अनुभव यस्तो
बिराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा १२ को अध्यन पुरा गरेर काठमाडौं पुगेपछि शिक्षा संग्रौलाको मोडलिङ यात्रा सुरु भएको हो ।

सन् २०१४ मा लिरिल फ्रेश फेसको उपाधि जितेकी उनले त्यसपछि नव्याता फेसन नाइट , टिजीआइएफ नेपाल फेसन विक, अन्तरास्ट्रिय जिवेलेरी शो २०१६ जस्ता राष्ट्रिय र अन्तरास्ट्रिय फेसन शोहरुमा सामेल भइसकेको अनुभब उनीसँग छ ।

Advertisement
Advertisement

हाल काठमाडौंमा बिबिए अध्ययरत उनि लिरिल फेसको कार्यक्रम प्रस्तोता पनि हुन् । साथै उनले दर्जनौ कार्यक्रमहरु संचालन गरिसकेकी छिन । मस नेपालमा राम्रो सहभागीता जनाएर बिराटनगरको नाम राख्ने उनको धोको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top