सूचना माग्‍ने पत्रकार मेयरको कार्यकक्षमै कुटिए

२२ पुस, जनकपुर ।
जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै पत्रकार कुटिएका छन्। समाचार संकलनको क्रममा कार्यालयमा पुगेका पत्रकारको टोलीलाई आक्रमण भएको हो।

संघातिक आक्रमणबाट एपीवान टेलिभिजनका ब्यूरो प्रमुख विकासकुमार साह, सञ्जय यादव, कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका संवाददाता सुभाष कर्ण, देशसंचार डटकमका संवाददाता राजा झा, एबीसी टेलिभिजनका संवाददाता सुमित मिश्र घाइते भएका छन्। घाइते सबैलाई प्रादेशिक अस्पतालमा उपचारपछि घर पठाइएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए। कुटपिटको क्रममा पत्रकारको मोबाइल र क्यामेरासमेत खोसिएको छ।

मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कुटपिट गरेको नेपाल पत्रकार महासंघका महासचिव किरणकुमार कर्णले बताए। ‘हामी आक्रोशपूर्ण वातावरणलाई साम्य पार्न गएका थियौं’, उनले भने, ‘तर उनका कार्यकर्ताले हामीमाथि संघातिक आक्रमण गरे।’

Advertisement

‘पत्रकारलाई तीन घण्टा कुराएर प्रतिक्रिया लिने क्रममा मिडिया आतंक मच्चाएको भन्दै कुटपिट गर्नु अत्यन्त लज्जास्पद र आपत्तिजनक विषय हो’, उनले भने, ‘सूचनाको हक नमान्नु, सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्नु तथा पत्रकारलाई कुराएर कुटपिट गर्न लगाउनु निन्दनीय हो।’

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top