पार्टी भित्रको परिस्थितिलाई समाधान गरेर अगाडी बढ्न जिल्ला सभापतिहरुको सुझाव

२२ पुस ७६, बुधबार

२२ पुस, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिहरुको देस्रो दिनको भेलामा सभापतिहरुले पार्टी भित्र विकसित भएको परिस्थितिलाई समाधान गरेर अगाडी बढ्न सुझाव दिएका छन् ।

महासमितिले गरेको निर्णय केन्द्रीय समितिले उल्ट्याएको अवस्थामा फेरी केन्द्रीय समितिको बहुमतले नै एकतर्फी रुपमा विधान निलम्बित गर्ने काम गरेकाले समस्या आएको र यसलाई सच्याएर अगाडी बढन सुझाव दिएको नुवाकोटका सभापति जगदीशनरसिंह केसीले जानकारी दिए । उनले १४ औं महाधिवेसनको कार्यतालिकामा पार्टी भित्र सहमति, सहकार्य र एकतालाईक कायम राखेर ल्याउन नसकेको भन्दै आलोचना समेत गरे ।

पौडेल पक्ष जिल्ला सभापतिहरुको भेला चलिरहेको बेला केन्द्रीय कार्यालय परिसरमै भेटिएका पार्टी सभापति शेरबहादुर पक्षका केही नेताहरुले भने लोकतान्त्रिक विधि र प्रकृयाबाट केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरुको भावनालाई बुझेर असन्तुष्ट नेताहरुलाई सुझाव दिने विश्वास रहेको बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले पार्टी भित्र देखिएको बेमेललाई मेलमा परिणत गराउन र सबै विषयको समाधान गर्न जिल्ला सभापतिहरुको भूमिका महत्वपूर्ण हुने बताए । त्यस्तै कांग्रेसका सहमहामन्त्री प्रकासशरण महतले नेपाली कांस्रेस अधिवेशन तर्फ केन्द्रीत भएर लाग्नुपर्ने र कार्यतालिकामा परिमार्जन गर्न सभापति तयार रहेको बताउँदै यो भेलाले पनि कांग्रेसलाई तितर बितर पार्न भन्दा एकिकृत भएर अगाडि बढ्न सुझाव दिने बताए ।

Advertisement

त्यस्तै अर्का नेता नविन्द्रराज जोशीले पार्टीका जिल्ला सभापतिहरुको परामर्शबाट नेपाली कांग्रेसको महाधिवेशनको सुनिश्चितता कसरी गर्ने भन्ने सुझाव आउने बताए। उनले पार्टी सभापतिले एकतर्फि रुपमा निर्णय गरेको भन्दै सभापतिहरुले आलोचना गरेको बताए । उनले महाधिवेसनको कार्यतालिका परिमार्जन, विभाग गठन लगायतका विषयमा दवाव सिर्जना गर्न र कसरी अगाडी बढ्ने भन्ने रणनीति निर्माणमा सघाउ पुग्ने बताए ।

नेपाली कांग्रेसको पुष ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा २०७७ फागुन ७ देखि १० गते सम्म महाधिवेसन गर्ने, त्यस्तै विभागहरुको संख्या बढाई ४७ पु¥याउने लगायतका निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समितिले एकलौटी निर्णय गरेको भन्दै आफु निकट जिल्ला सभापतिहरुको भेला बोलाएको हो । दुई दिनदेखी जारी भेला बुधबारपनि चल्ने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top