केही वस्तुभन्दा विविधीकरण गरी निर्यात बढाउनु पर्छः अर्थमन्त्री

२२ पुस ७६, बुधबार

२३ पुस, काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले एक÷दुई वस्तुमा केन्द्रीत भएर निर्यात बढाउने सपना देख्न नहुने बताएका छन् ।

नेपाल निर्यात परिषद्ले ‘चौथो निर्यात दिवस २०७६’ का अवसरमा आयोजना गरेको कार्यक्रमलाई समबोधन गर्दै अर्थमन्त्री खतिवडाले एक÷दुई वटा वस्तुको निर्यातमा भन्दा वस्तु विविधीकरण गरी निर्यात बढाउनुपर्ने बताएका हुन् ।

उनले खास वस्तुमाथि केन्द्रीत भएर बहस गर्नुभन्दा बढी मुल्य आउने वस्तु उत्पादनमा जोड दिई निर्यात बढाउनुपर्ने बताए । उनले नेपालको हस्तकला, कृषि उत्पादनको निर्यात गरेर केही अर्बमा मात्र व्यापार हुने बताउँदै खर्बौंमा निर्यात गर्ने सोच बनाउनुपर्नेमा जोड दिए ।

त्यसका लागि कच्चा पदार्थ अयात गरी बढी मुल्य जोडी निर्यात गर्न सकिने वस्तु उत्पादनमा व्यवसायीहरु लाग्नुपर्ने उल्लेख गरे । यसबाहेक केही प्राकृतिक स्रोतको प्रयोग गरी उत्पादन हुने वस्तुको निर्यातमा समेत लाग्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिव्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निर्यातजन्य वस्तुमा सहयोग दिएको अवस्थामा पनि उत्पादन बढ्न नसक्नुको कारण खोज्नुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात जन्य वस्तुको भुक्तानी लिन समस्या रहेको जनाएका छन् । निर्यात पछि पनि भुक्तानी लिन लामो समय लाग्ने भएकाले डिजिटल भुक्तानीको व्यवस्था हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा कुनैपनि उद्योग मार्जिनबाटै चल्ने भएकाले बढी भ्यालु जोडिने वस्तुको उत्पदनमा जोड दिनुपर्ने र निर्यातलाई तिब्र रुपमा बढाउनुपर्नेमा जोड दिइएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top