न्युयोर्कमा भएको दुर्घटनामा एक नेपाली बालकको मृत्यु

२३ पुस ७६, बुधबार
Share this
723shares

२३ पुस, काठमाडौं ।
अमेरिकाको न्युयोर्कमा भएको दुर्घटनामा एक नेपाली बालकको मृत्यु भएको छ ।

Advertisement

न्युयोर्कको क्वीन्सस्थित लेफ्राक सिटि बिल्डिङ नजिकैबाट विद्यालय तर्फ जान लागेका १० वर्षका बालक श्रीजल पन्थीलाई ट्रकले ठक्कर दिएको हो। उनलाई स्कूल लैजाँदै गरकी आमा मीना पन्थी घाइते भएकी छन् ।

ट्रकको ठक्करबाट घाइते भएका श्रीजलको उपचारको क्रममा मृत्यु भएको हो । आमा मीनाको भने उपचार जारी रहेको जनाइएको छ।

Advertisement

स्थानीय बासिन्दाका अनुसार घटना फिप्टीसेभेन एभ्युन्युको नाइन्टी सेभेन स्ट्रीटको कोरोनास्थित लेफ्राक सिटि भवनको सामुन्ने मंगलबार भएको एभरेस्टटाइम्स न्यूजले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top