इरानी मिसाइल आक्रमणपछि ट्रम्पको प्रतिक्रिया– ‘अल इज वेल’

एजेन्सी, पुस २३ 
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले इराकस्थित आफ्ना दुई सैन्य अखडामा मिसायल आक्रमण गरेपछि सबै ठीक अर्थात् ‘अल इज वेल’ भन्ने पतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले भने केही क्षति नभएको भन्दै सब ठीक छ भन्ने प्रतिक्रिया दिएका हुन् ।

Advertisement

ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘अल इज वेल १ इराकका दुई सैन्य अड्डामा इरानबाट मिसाइल आक्रमण भएको छ। आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिको अध्ययन हुँदैछ। अहिलेसम्म सबै ठीक छ। हामीसँग अहिले संसारकै सबैभन्दा बलियो र शस्त्रले सुसज्जित सैनिक छ। यसबारे म भोलि बिहान प्रतिक्रिया दिनेछु ।’

अमेरिकाले आफ्ना प्रमुख सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि इरानले बदला लिन बुधबार बिहानै इराकस्थित दुई अमेरिकी सैन्य अखडाहरुमा झन्डै दर्जन मिसाइलले आक्रमण गरेको थियो । सैन्य अड्डामा के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भएको छैन ।

Advertisement

यसअघि, इरानले अमेरिकासँग गम्भीर बदला लिइने बताएलगत्तै ट्रम्पले इरानले आफ्ना नागरिक र सम्पत्तिमाथि हमला गरे इरानका ५२ साँस्कृतिक महत्वका स्थानमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top