सर्लाहीका ऋणी न्याय माग्न काठमाडौँ पुगे

२३ पुस, काठमाडौँ ।
सर्लाहीका रामबाबु राय र सञ्जय साह रौनियारको ऋण आतंकबाट बन्धक बनेका स्थानीयहरु न्याय खोज्दै राजधानी आइपुगेका छन् । ऋण लिएको पैसा भन्दा तीन गुणाबढीको कागज बनाउन लगाउने र घरजग्गा समेत बन्धकी राखेर हडप्ने गरेको आरोप स्थानीयले लगाएका छन् । फिर्ता नगर्ने राय र रौनियारका सावाँ ब्याजसहित पैसा चुक्ता गर्दा समेत घरजग्गा फिर्ता नदिने गरेको स्थानीयको भनाई छ ।

सर्लाहीका राजु कुुुसवाहले रामबाबु रायबाट ९ लाख रुपैयाँ ऋण लिएर २७ लाखको कपाली मतसुख बनाए । ब्याज समेतको रकम गरी १९ लाख ७३ हजार चुक्ता गर्दा पनि उनको तमसुख च्यातिएको छैन् जस्ताको त्यस्तै छ । कुसवाह मात्रै होइन सर्लाही लगायतका जिल्लाका अधिकांश स्थानीय रायबाट पीडित छन् । ऋण दिने र तीन गुणाबढीको कागज बनाएर घर जग्गा समेत आफ्नो नाममा राख्ने गरेको स्थानीयहरुले बताउँदै आएका छन् । विकाउ रायले उनीबाट २ लाख रुपैयाँ ऋण लिएर ६ लाखको तमसुख बनाए साथै दुई विघा एक कट्ठा जग्गा उनको नाममा गरे । तर ५० हजार एक पटक र अर्को पटक ७३ हजार गरी एक लाख २३ हजार चुक्ता गर्दा समेत उनले आफ्नो जग्गा फिर्ता नपाएको बताए ।

सञ्जय रौनियारबाट एक करोड ऋण लिएका रविन्द्र कुसहवाले जग्गा किन्न भनेर लिएर र उनले तीन करोडको कागज बनाए । पूख्र्यौलि सम्पत्ति मध्ये ३४ कट्ठा घडेरी गरी अन्य गरी ४० कट्ठा जग्गा उनले आफ्नो साहुको नाममा गरिदिए । तर अहिले रौनियारले कुसहवाको जग्गामध्ये करिब २ करोड ५५ लाखको घडेरी र जग्गा विक्रि गरिसकेका छन् । पटक पटक आफ्नो जग्गा नबेच्न आग्रह गर्दा समेत रोनियारले जग्गा बेच्न छोडेका छैनन् । रौतियारलाई भेट्न खोज्दा समेत विभिन्न बाहना गरेर भेट्न नै नखोज्ने गरेको गुनासो कुसहवाले गरे ।

देवी महतोले ३५ हजार ऋण लिएर ४ कट्ठा जमिन साहुको नाममा गरे । १ लाख ५० हजार तिरेर जग्गा फिर्ता माग्न जाँदै उल्टै तीन लाख थप माग गरियो र उनको परिवारलाई घरबाट नै निकालियो । न्यायको खोजीमा महतो राजधानी पुगेका छन । महान्यायाधीवक्ता अग्नि खरेलले ठगहरुलाई पक्राउ गरी जग्गा फिर्ता गर्ने आश्वासन दिँदै स्थानीय प्रशासनमा उजुरी दिन आग्रह गरेका छन ।

यस्तै प्रहरी प्रमुख सर्वेन्द्र खनालले श्याम परदेशी लगायतका ठगहरुलाई तह लगाइएको बताउँदै राय र रौनियारलाई समेत नछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन । राय र रौनियारले स्थानीयहरुको करोडौँ रुपैयाँ ठगेर उनीहरुको जग्गा पनि हडप्ने गरेका छन् । ऋण दिएको पैसाभन्दा तीन गुणाबढीको कागज बनाउने र जग्गा समेत आफ्नो नाममा गरि पैसा चुक्ता गर्दा समेत जग्गा फिर्ता नदिने गरेको स्थानीय बताउँछन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top