सुदूरपश्चिम प्रदेशद्धारा मलेसिया–११ पराजित

२६ पुस, सुनसरी ।
सुनसरीको इनरुवामा जारी मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मलेसिया–११ लाई ८ विकेटले हराएको छ । इनरुवा क्रिकेट मैदानमा मलेसिया–११ ले प्रस्तुत गरेको ५० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ७.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । सुदूरपश्चिमका ओपनर खडक बोहरा १७ बलमा ३ चौका सहित १५ रनमा अविजित रहे ।

सातौं ओभरको पहिलो बलमा अनवार रहमानले अरुण ऐरीलाई कट एण्ड बोल्ड आउट गर्नु अघि ३ बलमा १ चौका सहित ६ रन मा आउट भए । चौथो ओभरको अन्तिम बलमा धिवेन्द्रन मोगनले ओपनर गजेन्द्र बोहरालाई ११ रनमा बोल्ड आउट गरे । गजेन्द्रले १८ बलमा २ चौका प्रहार गरे । विकेटकिपर लोकेश बम ७ बलमा ३ चौका सहित १५ रनमा अविजित रहे ।

त्यस अघि टस जितेर ब्याटिङ रोजेको मलेसिया-११ ले २२ ओभरमा अल आउट हुँदै ४९ रनमा समेटिएको थियो । सुदूरपश्चिमा दुई स्पिनर शेर मल्ल र विनोद लामाको घातक बलिङ सामु मलेसिया-११ का १० खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । मलेसिया–११ युवा ब्याट्सम्यान विरनदीप सिंहले ६९ बलमा ३ चौका सहित सर्वाधिक २२ रनको योगदान दिए ।

Advertisement

पहिलो ओभरको चौथो बलमै स्पिनर विनोद लामाले मलेसिया११ का भूषण सेभलाइ ४ रनमा बोल्ड आउट गरे । दोस्रो ओभरको पहिलो बलमै अर्का स्पिनर शेर मल्लले कप्तान मोहम्मद नुरलाई १ एक रनमा कट एण्ड बोल्ड आउट गर्दै पेभिलिएन फर्काए ।

विनोदले सातौं ओभर पहिलो बलमा मलेसियाका सर्बियन मुनियनलाइ २ रनमा एलबी डब्लु आउट गरेपछि मलेसिया १०–३ को अवस्थामा पुगेको थियो। ८ औं ओभरको तेस्रो बलमा शेर मल्लले तेस्रो बलमा हकिम र पाँचौ बलमा सैद अजिजलाई शून्यमा पेभिलिएन फर्काएपछि मलेसिया संकटमा परेको थियो । विनोद लामाले नवौं ओभरको तेस्रो बलमा मोहम्मद आरिफलाई शून्यमा कट एण्ड बोल्ड आउट गरे । शेरले नाजिर रहमान १ र धिवेन्द्रन मोगनलाइ ५ रनमा आउट गरे । अनवार रहमन ३ रनमा आउट भए ।

युवा स्पिनर शेर मल्लले १० ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ५ विकेट लिए । विनोद लामाले ९ ओभरमा ३ मेडन सहित २१ रन खर्चेर ४ विकेट लिए । बिक्रम ठगुन्नाले १ विकेट लिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top