चन्द समूहको हिंसात्मक गतिविधि सहन नसकिने

चन्द समूहको हिंसात्मक गतिविधि सहन नसकिने

२ माघ, काठमाडौं ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेत्र विक्रम चन्द समूहको हिंसात्मक गतिविधि सहन नसकिने बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चन्द समूहको आतंकवादी क्रियाकलाप सहन नसकिने बताए ।

उनले भने, सरकार आफैँले जग्गाबारे छानबिन गरिरहेको छ। लुकेर हमला गर्दा त्यसले राम्रो गर्दैन। हामीले भनेको पुष्टिभयो। सरकारले टावरमा हान भनेको छैन।

जनताको सम्पतिमा आक्रमण गरिएको छ। सरकार यस विषयमा सहनशील हुनै सक्दैन। झण्डागाडेर केही हुँदैन। सरकार यस्ता घटनामा खेद प्रकट गर्छ।

चन्द समूहले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका मूख्य आरोपी शोभाकान्त ढकालको घरमा बुधबार बम विस्फोट गराएको थियो। उक्त विस्फोटको प्रतिक्रियामा बाँस्कोटाले आतंकवादी र हिंसात्मक गतिविधि सहन नसकिने बताएका हुन्।

बाँस्कोटालेचन्द समूहलाई राजनीतिक प्रक्रियामा आउन यसअघी नै आग्रह गरेकोबताए। उनले भने, हामीले उहाँहरूलाई राजनीतिक प्रक्रियामा आउन आग्रह गरेकै हो तर मान्नभएको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.