×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

१.सुरक्षाको आह्वान
भूकम्पबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान /२२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई सम्वोधन गर्दै जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको उल्लेख ।

२.सुरक्षाको उपाय
विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पूरा गर्न सकिने गृहमन्त्री रामबहादुर थापाको भनाई / सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउनु पर्नेमा जोड ।

Advertisement
Advertisement

३.अध्यक्षको मिल्ती
पाँच दिन लामो संवादहीनतापछि प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा साढे २ घण्टा भेटवार्ता/सभामुख चयन र एमसीसीको विषयमा छलफल

४.सेनाको एकीकरण अभियान
पृथ्वीनारायण शाहले एकीकरण अभियानका क्रममा रोजेको मार्गलाई सेनाले एकीकरण मार्ग बनाउनका लागि अभियान थालेको प्रधानसेनापति पूर्णचन्द्र थापाको जिकिर/एकीकरण मार्ग नेपालको इतिहास रहेको र यसका लागि सबै मिलेर काम गर्नुमा जोड ।

५.छात्रवृतिका प्रावधान
कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने ऐन पारित/समावेशी छात्रवृतिका नाममा विकृतिहरु बढेकाले अनिवार्य गरिएको शिक्षा समिति सभापति जयपुरी घर्तीको भनाई ।

६.हस्तक्षेपको गन्ध
संसदको शिक्षा समितिबाट पारित विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशतले हटाउने प्रावधानले विश्वविद्यालयको स्वायत्ततामाथि प्रहार गर्ने सांसद गगन थापाको भनाई/२ तिहाइले मात्रै हटाउन सक्ने पारित गराउनुपर्ने माग ।

७.आक्रोशपूर्ण अभिब्यक्ति
नेत्रविक्रम चन्द विप्लव समूहको हिंसात्मक गतिविधि सहन नसकिने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको स्पष्टोक्ति/झण्डा गाड्ने वा बम प्रहार गर्ने कुरामा सरकार सहनशील हुन नसक्ने भन्दै खेद प्रकट ।

८.धम्कीको खण्डन
राष्ट्रियताको पक्षमा बोल्दा प्रधानमन्त्रीको निवासबाट ज्यान मार्ने धम्की आएको भन्दै नेकपा सांसद भीम रावलले लगाएको आरोपको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाद्वारा खण्डन / धम्की आएको भए खुलस्त पार्न रावललाई चुनौती ।

९.निशानामा तुम्बाहाम्फे
संसदको गतिरोध हटाउन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिनुपर्ने नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको भनाई÷उपसभामुखले राजीनामा नदिँदा सम्म बहस गर्नुको कुनै अर्थ नरहेको जिकिर

१०.मसानघाटबाट शव उठ्यो

विराटनगरस्थित सिंघीया खोलाको घाटबाट जलाउन लागेको अवस्थाको एक महिलाको शव प्रहरीद्धारा नियन्त्रणमा/माईती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीद्धारा विराटनगर–८ बलुवाहीकी २८ बर्षिया प्रेमदेवी साहको शव नियन्त्रणमा ।

११. चलचित्र कुम्भ
विश्वका कथाहरुको कथ्य उत्सव नारासहित तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १ गतेदेखि काठमाडौमा शुरु हुने/ विभिन्न ५५ देशका उत्कृष्ठ ८० वटा चलचित्र महोत्वका लागि छनोट ।

१२. पूर्वमा पाइपलाइन
पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालद्धारा भारतसमक्ष प्रस्ताव/ भारतीय पक्ष सकारात्मक रहेको उद्योग मन्त्रालयको भनाई

१३.प्रसाईले फेल खाए
अभद्र व्यवहार गरेको उजुरीपछि बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय, भक्तपुरद्धारा प्रहरीलाई अनुमति / प्रसाईँको खोजी सुरु गरिएको प्रहरीको भनाई

१४. धोनीलाई नजरअन्दाज
भारतीय क्रिकेट बोर्डद्वारा सन् २०२० का लागि सिनियर टोलीको २७ खेलाडी सम्मिलित सूची सार्वजनिक/ कप्तान विराट कोहली र उपकप्तान रोहित शर्मासँगै जस्प्रित बुमराह ए पल्स श्रेणीमा रहदा पूर्वकप्तान महेन्द्र सिंह धोनी अटाएनन् ।

Advertisement


१५.सम्वन्ध सुधारिदै
लामो समयदेखि जारी व्यापार युद्ध कम गर्ने सम्झौतामा अमेरिका र चीनबीच हस्ताक्षर/ अब चीनले अमेरिकी वस्तुको आयात बढाउने तथा अमेरिकाले अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउने ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top