वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउनुपर्दैन : उद्योगमन्त्री

२ माघ, काठमाडौँ ।
उद्योग मन्त्री लेखराज भट्टले वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी लगानीकर्ता डराउन नपर्ने बताएका छन् । उनले सरकारले लगानी बढाउने राष्ट्रिय अभियान अन्तर्गत वैदेशिक लगानीलाई आकर्षित गरेको तर स्वदेशी लगानीकर्ताहरु प्रतिस्प्रधा गर्न सक्दैनौं की भन्ने चिन्तामा रहेको बताएका हुन् ।

उनले भने ‘अहिलेको उद्देह्य के हो भने लगानी बढाउन राष्ट्रिय अभियान कसरी अगाडी बढाउन सकिन्छ भन्ने हो, तपाईहरुलाई निजी क्षेत्र भनिन्छ अव अलिकति तपाईहरुम आतंक पैदा भएको जस्तो छ बाहिरको लगानीकर्ता आयो भने हाम्रो के हुने भन्ने पनि एउटा दवाव पैदा भएकाmे जस्तो छ त्यो लगानीलाई त तपाईहरुले स्वीकार्नुपर्छ भन्ने लाग्छ । ’

उनले सरकारले सबै लगानीकर्तालाई एउटै दृष्टिबाट हेरेकाले आतंकीत नहुन आग्रह गरे । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौंमा आयोजना गरेको उद्योग वाणिज्य क्षेत्रको विकास चुनौती र भावी कार्यदिशा सम्बन्धी अन्तक्रियामा मन्त्री भट्टले बाहिरि लगानीकर्तासँग प्रतिस्प्रधा गर्न सक्दैनौ भन्ने डर उद्योगी व्यवसायीहरुले हटाउनु पर्ने बताए । उनले मुलुकमा आर्थिक समृद्धिका लागि औद्योगिकरण आवश्यक रहेको र त्यसका लागि उद्योगहरुको मुनाफा सुनिश्चित हुनुपर्छ भन्नेमा सरकार जानकार रहेको बताए । उनले त्यसका लागि के कस्ता नीतिगत व्यवस्था आवश्यक छ सरकार छलफल गरी अगाडी बढ्न तयार रहेको समेत बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले पछिल्लो समय नीतिगत व्यवस्थामा सुधार आएको तर यसको कार्यान्वयन पक्ष फितलो हुँदा उद्योगी व्यवसायीहरुले दुख पाउने गरेको बताइन् । उनले कानून निर्माण हुनु अघि छलफल हुँदा हुने कुरा र विधेयकमा आउने विषय नमिल्ने गरेको समेत बताइन् । कार्यक्रममा उद्योगी व्यवसायीहरुले सरकारले लगानीको वातावरण निर्माण गर्न प्रयत्न गरिरहेपनि उद्योग दर्ता, इजाजत लिने प्रकृया झन्झटिलो र समय लाग्ने तथा बैंकमा देखिने समस्या र राजश्व लगायतका विषय हुने जटिलताका कारणले पनि लगानी प्रवद्र्धन हुन नसकेको बताएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top