काठमाडौं, चैत १
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई बलियो सरकार दिन केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेको छ । पार्टीका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकारलाई आर्थिक समृद्धिको अभियानमा अग्रसर हुन पनि आग्रह गरे ।
उनले नयाँ सरकारबाट जनताले शान्ति पाउनुपर्ने माग पनि गर्नुभयो । विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति र स्थायित्वको लागि ओली नेतृत्वको सरकारलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष थापाले आफ्नो पार्टीले मुलुकमा स्थायीत्व चाहेको बताए ।