एमसीसीको विरोध गर्ने तीन जना भोजपुरबाट पक्राउ

३ माघ, भोजपुर । मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को भोजपुरमा विरोध गरिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एमसीसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तीनै जनालाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो ।

स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबार राति घरैमा सुतिरहेको बेला पक्राउ गरेको हो । स्थानीयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए ।

सदरमुकामनजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर नै टाँगिएको थियो । उनीहरुले सामाजिक सञ्जालमा पनि एमसीसीको विरोध जनाएकाले पक्राउ परेका हुन् ।

शान्तिपूर्णरुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको उनीहरुले गुनासो गरेका छन् । तर प्रहरीले भने प्रहरी प्रशासनलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि पक्राउ गरेको जनाएको छ । उज्यालो अनलाईनबाट साभार ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top